3 years ago
October 23, 2022
एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । आयरल्यान्ड समूह बी को उपविजेता र श्रीलंका समूह ए को विजेताको रुपमा सुपर १२ मा स्थान बनाएका हुन् ।

आयरल्यान्डले अन्तिम खेलमा वेस्टइन्डिजलाई ९ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ रनले पराजित भएपनि त्यसपछि युएई र नेदरल्यान्ड्सलाई हराउँदै सुपर १२ मा स्थान पक्का गरेको हो ।
वेस्टइन्डिजलाई हराउँदै सुपर १२ मा स्थान बनाएको आयरल्यान्ड उच्च मनोबलमा छ । उक्त खेलमा ओपनर पउल स्टर्लिङले ६६ रनको इनिङ खेलेका थिए । आयरल्यान्डका सर्वाधिक सफल ब्याटर स्टर्लिङको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ ।
कप्तान एन्डी बलबिर्नी पनि लगातार राम्रो खेल्दै आएका छन् ।
त्यसपछि ह्यारी टेक्टर, लोर्कान टकर र कर्टिस क्याम्फरको प्रदर्शन महत्वपूर्ण हुनेछ । आक्रामक ब्याटिङका साथ आयरल्यान्ड श्रीलंकालाई स्तब्ध पार्न चाहन्छ ।
तीव्र गतिका बलर जोश लिटिल र मार्क आदिर प्रमुख हतियार हुन् । यता एसिया कप च्याम्पियन श्रीलंकाले विश्वकपमा अपेक्षा अनुसार भने प्रदर्शन गर्न सकेको छैन । ओपनर पाथुम निसांका राम्रो लयमा छन् । कुशल मेन्डिस, भानुका राजपाक्षे र दासुन शनकाबाट उच्च प्रदर्शन चाहन्छ ।
शनकाले एसिया कपमा उच्च प्रदर्शन गरेपनि विश्वकपमा भने चल्न सकेका छैनन् । वानिन्दु हसरंगा र चामिक करुणारत्ने तल्लोक्रमका अलराउन्डर हुन् । स्पिनर वानिन्दु हसरंगा र महेथ थिक्सना बलिङका हतियार हुन् । आजको दोस्रो खेलमा भारत र पाकिस्तानबीच खेल हुनेछ । खेल दिउँसो १ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।
हेड टु हेड :
श्रीलंका र आयरल्यान्डबीच हालसम्म दुई टि२० आई खेल भएका छन् । जसमा दुबै खेलमा श्रीलंका विजयी भएको छ ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजद सुरु हुँदैछ। एनपिएलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्। टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० […]
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]