default_image

2 years ago

October 23, 2022

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

121 views

0 Bookmark


एजेन्सी – ओपनर कुशल मेन्डिसनको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर कुशल मेन्डिस ४३ बलमा ५ चौका र ३ छक्कासहित ६८ रनमा अविजित रहे । चरिथ असलांका २२ बलमा २ चौकासहित ३१ रनमा अविजित रहे ।

धनन्जय डि सिल्भा २५ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । पहिलो विकेटका लागि कुशल र धनन्जय ८.२ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । गेराथ डेलानीले एक विकेट लिए ।

त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो ।

आयरल्यान्डको लागि ह्यारी टेक्टरले ४२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । पउल स्टर्लिङले २५ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।

पाँचौं विकेटका लागि टेक्टर र डोकरेलले ४१ बलमा ४७ रनको साझेदारी गरेका थिए । कप्तान एन्ड्रयु बालबिर्नी दोस्रो ओभरको पहिलो बलमै एक रनमा बोल्ड भए । लाहिरु कुमाराको लेग साइडको बललाई स्वीप खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए ।

पाँचौं ओभरको चौथो बलमा स्पिनर महेश थिक्सनाले लोर्कान टकरलाई १० रनमा बोल्ड आउट गरे । नवौं ओभरको चौंथो बलमा धनन्जय डि सिल्भालाई ठूलो सट खेल्ने धुनमा पउल स्टर्लिङ भानुका राजपक्षेबाट क्याच आउट भए ।

कर्टिस क्याम्फर दुई, गेराथ डेलानी ९, सिमी सिंह ७ र जर्ज डोकरेल १४ रन बनाए । आयरल्यान्डले ७ बलमा तीन रन जोड्न तल्लोक्रमका तीन विकेट गुमाएको थियो ।

श्रीलंकाका स्पिनर महेश थिक्सनाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्ने र धनन्जय डि सिल्भाले एक एक विकेट लिए ।

श्रीलंकाले अव मंगलबार अष्ट्रेलियासँग खेल्नेछ । आयरल्यान्डले बुधबार इंग्ल्यान्डसँग खेल्नेछ । सुपर १२ को समूह ए मा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हराउँएको थियो । इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आजको दोस्रो खेलमा भारत र पाकिस्तानबीच दिउँसो १ः४५ मा खेल सुरुहुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.