default_image

2 years ago

October 23, 2022

भारतको सानदार सुरुवात, बाबर र रिजवान सुरुवातमै आउट

137 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख ब्याटर बाबर आजम र मोहम्मद रिजवान आइसिसी टि२० विश्वकपमा भारतसँग सुरुवातमै आउट भएका छन् ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ ओभरमा दुई विकेट गुमाउँदै ३२ रन बनाएको छ । दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए ।

बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीपसिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका हुन् । बाबरले रिभ्यु लिएपनि सफल हुन सकेनन् ।

अर्शदीप सिंहले नै चौथो ओभरको अन्तिम बलमा मोहम्मद रिजवानलाई ४ रनमा भुवनेश्वर कुमारबाट क्याच गराए । अर्शदीपको बाउन्सर बलमा रिजवान फाइन लेगमा सट खेल्ने धुनमा क्याच आउट भएका थिए । रिजवानले १२ बलमा १ चौका हाने । पाकिस्तानका प्रमुख ब्याटर बाबर र रिजवान आउट भएपछि भारतले सानदार सुरुवात गरेको छ ।

क्रिजमा शन मकसुद १९ र इफ्तिखर अहमद ७ रनमा छन् । त्यसअघि पहिलो ओभरमा भुवनेश्वर कुमारले वाइडको रुपमा एक रन मात्र दिएका थिए ।

पाकिस्तानको प्लेइङ ११ ः

बाबर आजम, शादब खान, आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, मोहम्मद नवाज, मोहम्मद रिजवान नसिम शाह, शाहिन शाह अफ्रिदी र शन मकसुद ।

भारतको प्लेइङ ११ ः

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.