default_image

2 years ago

October 23, 2022

भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

133 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याटर इफ्तिखार अहमद र शन मकसुदको अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।

खराब सुरुवात गरेपनि तेस्रो विकेटका लागि अहमद र मकसुदले ५० बलमा ७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले इफ्तिखर अहमदलाई एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका थिए । बाबरले रिभ्यु लिएपनि सफल हुन सकेनन् ।

अर्शदीप सिंहले नै चौथो ओभरको अन्तिम बलमा मोहम्मद रिजवानलाई ४ रनमा भुवनेश्वर कुमारबाट क्याच गराए । अर्शदीपको बाउन्सर बलमा रिजवान फाइन लेगमा सट खेल्ने धुनमा क्याच आउट भएका थिए । रिजवानले १२ बलमा १ चौका हाने । पाकिस्तानका प्रमुख ब्याटर बाबर र रिजवान आउट भएपछि भारतले सानदार सुरुवात गरेको थियो ।

१४ औं ओभरमा हार्दिक पान्ड्याले दुई विकेट लिए । ठूलो सटको धुनमा शादब खान ५ र हैदर अली २ रनमा सूर्यकुमार यादवबाट क्याच आउट भए । ११ औं ओभरमा अक्षर पटेललाई इफ्तिखारले तीन छक्का हानेका थिए ।

इफ्तिखार अहमद आउट हुनुअघि पाकिस्तान १२.२ ओभरमा ९१–२ मा थियो । इफित्खार आउट भएपछि १६ ओभरमा ११६–६ को अवस्थामा पुगेको थियो । आसिफ अली अर्शदीपसिंहको बलमा २ रनमा दीनेश कार्तिकबाट क्याच आउट भए । शाहिन शाह अफ्रिदी ८ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । हरिस रौफ ६ रनमा अविजित रहे ।

भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । भुवनेश्वर कुमारले एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.