3 years ago
October 23, 2022
एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को खेलमा भारतसँग नाटकीय ढंगले पराजित भएपछि पाकिस्तानका कप्तान बाबर आजमले भारतीय ब्याट्सम्यान विराट कोहलीकै कारण पाकिस्तान पराजित हुन पुगेको बताए ।

विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित दर्ता गरेको हो । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै अविश्वसनयि जित दिलाए । एक समय ३१-४ को स्थितिमा रहेको भारतलाई हार्दिक पान्ड्या र कोहलीले शतकीय साझदारी गर्दै उकासेका थिए । कोहलीले सुरुवातमा संयमित ब्याटिङ गरेपनि अन्त्यमा भने विष्फोटक ब्याटिङ गर्दै जितसम्म डोर्याए ।

खेलपछि बोल्दै पाकिस्तानका कप्तान बाबरले कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएको बताए । ‘खेल निकै प्रतिस्पर्धात्मक रहयो । हामीले बलिङमा राम्रो सुरुवात गरेका थियौं । तर कोहली र पान्ड्याले राम्रो खेले । आफ्नो पक्षमा खेल ल्याउँदै राम्रो फिनिस गरे । नयाँ बलमा स्विङ र सिमका कारण सहज थिएन,’ उनले भने ।
‘हामीले खेल जित्ने अवसर थियो । एक आपसमा विश्वास गर्न भनेका थियौं, तर कोहलीकै प्रदर्शनका कारण हार्यौं । हामीलाई विकेटको जरुरत थियो, त्यसैले हामीले मुख्य बलरलाई अगाडी नै प्रयोग गर्यौं । नवाजले अन्तिम ओभर गर्नुको कारण त्यहि हो ।’
‘हामीले यस खेलबाट सकारात्मक पक्ष पाएका छौं । इफ्तिखारले राम्रो ब्याटिङ गरे । शानले पनि इनिङलाई राम्रो अन्त अन्त्य गरे ।’
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]