default_image

2 years ago

October 23, 2022

धुनीबेसी र त्रिपुरासुन्दरी फाइनलमा

106 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपाललिका धादिङ क्रिकेट लिगको फाइनलमा पुगेका छन् । आइतबार पहिलो सेमिफाइनलमा त्रिपुरासुन्दरी गाउँपालिकाले बेनीघाटलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा धुनबेसी नीलकण्ठलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

चन्द्रोदय खेल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन बनायो । राम्रो सुरुवात गर्दै ३१ रन जोड्न पहिलो विकेटकोरुपमा कप्तान अमृत थापालाई गुमाएको त्रिपुरासुन्दरीले निरन्तर विकेट गुमायो । कप्तान अमृतले १२ बलमा १३ रन बनाए । सहिल भण्डारीले ३३ बलमा २१ रन जोडे । श्री उपध्य र उदय थापाले ११ रन बनाए ।

बेनीघाट रोराङ गाउँपालिकाका अमृत लम्सालले ४ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए। आशिष आचार्यले ४ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। श्याम त्रिपाठी, अन्जल सिलवाल र रबीन त्रिपाठीले सम्मान एक विकेट लिए ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको बेनीघाट २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनायो । जितको लागि बेनीघाटलाई अन्तिम १८ बलमा १९ रन आवश्यक थियो ।

१७ औं ओभरको कप्तान अमृत थापाले दुई विकेट लिग्दा त्रिपुरासुन्दरी नाटकीय जित तर्फ अग्रसर भएको थियो । बेनीघाटलाई अन्तिम ओभरमा एक विकेट मात्र बाँकी रहदा जितका लागि १० रन आवश्यक थियो। अन्तिम ३ बलमा ८ रन आवश्यक थियो। १९.५ बलमा केवल एक रन आयो भने अन्तिम बल डट रहदा बेनीघाट ५ रनले पराजित भएको थियो ।

बेनीघाटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र जोड्यो। बेनीघाटका श्याम त्रिपाठीले २१ बलमा २० रन बनाए। अन्जलले २० , आशिष मियाले १५ र अमृत लम्सालले १३ रन बनाए।

त्रिपुरासुन्दरीको अमृत थापाले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। बिशालले २, राम बहादुर राना र उदय थापाले सम्मान एक विकेट लिए ।

चन्द्रोदय खेल मैदानमा टस जितेर धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो। पहिलो विकेटका लागि धुनीबेसीका ओपनर कुशल रुपाखेती र सुनिल बानियाबीच ६६ रनको साझेदारी भएको थियो । ७.२ ओभरमा कौशललाई अनिल ढकालले बोल्ड गरे ।

कौशलले २१ बलमा १ चौका र ६ छक्काको मद्दतमा ४४ रन प्रहार गरे । सुनिल बाँनियाले २४ बलमा १६ रन जोडे। त्सपछि भने अन्य ब्यटर क्रिजमा जमेर खेल्ने सकेनन्। समिर तिमल्सिनाले १८ र प्रनित भट्टले १२ रन बनाए।

नीलकण्ठका सुजित श्रेष्ठले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। अनिल ढकालले २ , सन्तोष घिमिरे र अनिश अधिकारीले १(१ विकेट लिए। जितको लागि १ सय ४० रनको लक्ष्य लिएर मैदान आएको नीलकण्ठलाई अन्तिम १२ बलमा २७ रन आवश्यक रहेको थियो । १९ औं ओभरमा धुनीबेसीका कौशल रुपाखेतीले केवल ५ रन खर्चिए ।

अन्तिम ओभरमा नीलकण्ठका कप्तान सन्तोष घिमिरेले सुदीप पाठकको ओभरमा ८ रन जोडे पनि जितको लागि प्राप्त भएन । नीलकण्ठका कप्तान सुदीपले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ६० रन प्रहार गरे । सुजित श्रेष्ठले १३ बलमा १५ रन बनाए । नीलकण्ठले २० ओभरमा ४ विकेट गुमाएर १ सय २७ रन बनायो ।

धुनीबेसीका सुनिल बाँनियाले ४ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए। कौशल रुपाखेतीले र अमृत थापाले १ विकेट लिए। खेलको म्यान अफ द म्याच कौशल रुपाखेती भए।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.