default_image

2 years ago

October 24, 2022

विश्वकप आज बंगलादेश र नेदरल्यान्ड्स खेल्दै

182 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ ।

सुपर १२ मा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । नेदरल्यान्ड्स समूह ए को उपविजेता हुँदै सुप १२ खेलेको हो । बंगलादेश नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपमा सानदार सुरुवात गर्न चाहन्छ । पछिल्लो समय बंगलादेशको प्रदर्शन राम्रो छैन ।

बंगलादेश विश्वकपमा राम्रो प्रदर्शन गर्न चाहन्छ । लिटन दास, कप्तान सकिब अल हसन, अफिफ हसैन र सौम्य सरकार प्रमुख ब्याटर हुन् । तीव्र गतिका बलर मुश्ताफिजर रहमान मुख्य हतियार हन् ।

मुश्ताफिजुर घातक बन्न सक्छन् । कप्तान सकिबबाट बंगलादेश ठूलो इनिङ चाहन्छ । स्पिनर मेहदी हसन, सकिब र नासुम अहमद हुनेछन् ।


यता नेदरल्यान्ड्स बास डि लिडे, म्याक्स ओडआउड र विक्रमजित सिंह प्रमुख ब्याटर हुन् । बास डि लिडेले सानदार प्रदर्शन गर्दै आएका छन् । म्याक्स ओडआउड ठूलो इनिङ खेल्न सक्छन् । फ्रर्द क्लासेन, बास डि लिडे र पाउल भान मिर्केन प्रमुख बलर हुन् ।

भारत र नेदरल्यान्ड्सबीच टि२० आईमा कुल तीन खेल भएका छन् । जसमा बंगलादेश दुई र नेदरल्यान्ड्स एक खेलमा विजयी भएका छन् । आजको दोस्रो खेलमा जिम्बावे र दक्षिण अफ्रिकाबीच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः ४५ खेलमा हुनेछ ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.