2 years ago
October 24, 2022
एजेन्सी – दक्षिण अफ्रिकाले आज आइसिसी टि२० विश्वकपमा जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ मा होबार्टमा सुरुहुनेछ ।
उपाधि दाबेदार दक्षिण अफ्रिका जिम्बावेलाई हराउँदै सानदार विजयी सुरुवात गर्ने सोचका साथ मैदान उत्रनेछ । दक्षिण अफ्रिका ब्याटिङ र बलिङ आक्रामण दुबै उत्कृष्ट छ । दक्षिण अफ्रिकालाई कप्तान टेम्बा बभुमाको लयको भने चिन्ता छ ।
बभुमाले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उता रिजा हेन्ड्रिक्स राम्रो लयमा हुँदा बेन्चमा बस्नु परेको छ । त्यस्तै बभुमालाई दबाब हुनेछ । क्विन्टन डि कक, एडेन माक्ररम, राइली रोसोउ, डेविड मिलर र ट्रिस्टन स्टब्स ब्याटर हुन् । मिलर पछिल्लो एक वर्षमा उत्कृष्ट लयमा छन् ।
उनको लय रोक्न मुख्य चुनौती हुनेछ । अघिल्लो महिना भारतविरुद्ध शतक हानेका मिलर प्रमुख हतियार हुन् । भारतविरुद्ध रोसोउले पनि शतक हानेका थिए । रोसोउ र एडेन माक्ररम भरपर्दा ब्याटर हुन् । स्टब्स विष्फोटक अन्त्य गर्न चाहन्छन् ।
तीव्र गतिका बलरमा एनरिच नोर्किया र कागिसो रबाडा प्रमुख हतियार हुन् । यी दुबै बलर प्रति किलोमिटर १ सय ५० को घण्टामा बलिङ गर्ने गर्दछन् । रबाडा योर्करका लागि चिनिन्छन् ।
यी दुई बलरको गतिको चाल पाउन कठिन पर्न सक्छ । वेन पार्नेल अलराउन्डरको रुपमा खेल्नेछन् । तबरेज शाम्सी र केशव महाराज स्पिनरको रुपमा खेल्नेछन् । दक्षिण अफ्रिका ब्याटिङमा गहिराई छ ।
यता जिम्बावे दक्षिण अफ्रिकालाई स्तब्ध पार्न चाहन्छ । सिकन्दर राजा उच्च लयमा छन् । उनले बलिङ र ब्याटिङ दुबैमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । राजाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
सेन विलियम्स, रेजिस चकभा, वेस्ली मेधर्वे र राजा ब्याटर हुन् । रयान बर्ल फिनिसरको रुपमा खेल्नेछन् । तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानी बलिङका प्रमुख हतियार हुन् । अग्ला कदका मुर्जाबानीको प्रदर्शनले धेरै प्रभाव पार्नेछ ।
हेड टु हेड :
जिम्बावे र दक्षिण अफ्रिकाबीच कुल पाँच टि२० आई खेल भएका छन् । जसमा सबै खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]