default_image

2 years ago

October 24, 2022

कप्तान अमृतको उत्कृष्ट ब्याटिङमा त्रिपुरासुन्दरीलाई उपाधि

106 views

0 Bookmark

धादिङ(हाम्रो खेलकुद) – कप्तान तथा ओपनर अमृत थापाको उत्कृष्ट ब्याटिङमा त्रिपुरासुन्दरी गाउँपालिकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार फाइनलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई चार विकेटले हराउँदै उपाधि जितेको छ ।

च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनीबेसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो ।

धुनीबेसीका ओपनर कौशल रुपाखेतीले ५९ रन ७ चौका र ५ छक्काको सहित सर्वाधिक ७६ रनको योगदान दिए । तर त्यो जित पर्याप्त हुन सकेन । संस्कार पाठकले १२ रन बनाए। अन्य ब्यटरको प्रदर्शन सम्झन लायक रहेन।

त्रिपुरासुन्दरीका तीव्र गतिका बलर विशाल थपलियाले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । बुबा र छोराको जोडीले ३ विकेट लिए। बुबा उदय थापाले २ विकेट लिए । छोरा अमृत थापाले १ विकेट लिए।

जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा पाँच रन चाहिँदा अमृतले पहिलो बलमा चौका र त्यसपछि वाइको रुपमा चौका गएपछि खेल सकिएको थियो ।

कप्तान अमृतले ५८ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । अन्य ब्याटरको भने प्रदर्शन राम्रो हुन सकेन ।

धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । समिर तिमल्सिनाले पनि २ विकेट लिए।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.