2 years ago
October 24, 2022
एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत समूह २ को खेलमा जिम्बावेले दक्षिण अफ्रिकालाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षाका कारण ९ अोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ५ विकेट गुमाउँदै ७९ रन जोड्यो । एक समय १९-४ को स्थितिमा पुगेको जिम्बावेलाई वेस्ली मधाभेरको आक्रामक इनिङले उकासेको थियो । मधाभेरले १८ बलमा नटआउट ३५ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
पहिलो अोभरमा मात्र ४ रन जोडेको जिम्बावेले दोस्रो अोभरमा दुई रन जोड्दै क्रेग अर्भाइनलाई गुमायो । वायन पार्नेलले अन्तिम बलमा उनलाई क्याच आउट गराए । तेस्रो अोभरमा लुंगी एनगिडीले दुई विकेट लिएपछि जिम्बावे थप समस्यामा पर्यो । उनले दोस्रो बलमा रेगिस चकाबा र चौथो बलमा सिकन्दर राजालाई कट बिहाइन्ड गराए ।
चौथो ओभरमा सन् विलियम्स रनआउट भएपछि जिम्बावेले कमजोर योगफल खडा गर्ने डर बढेको थियो । तर पाँचौ विकेटका लागि वेस्ली मधाभेर र मिल्टन शुम्बाले ६० रनको साझेदारी गर्दै मध्यम योगफलसम्म पुर्याए । अन्तिम बलमा कट बिहाइन्ड हुनुअघि शुम्बाले २० बलमा २ चौकासहित १५ रन जोडे ।
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]