default_image

2 years ago

October 25, 2022

विश्वकपमा खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक सिमन्सको राजीनामा

171 views

0 Bookmark

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा वेस्टइन्डिज पहिलो चरणबाट बाहिरिएपछि सिमन्सले राजीनामा दिएका हुन् ।

सिमन्सले २०१५ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१६ मा वेस्टइन्डिजले दोस्रो पटक टि२० विश्वकप उपाधि जित्दा सिमन्स नै टोलीका मुख्य प्रशिक्षक थिए ।

५९ वर्षीय सिमन्सले डिसेम्बरमा अष्ट्रेलियासँग नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुने दुई टेस्ट खेलपछि राजीनामा दिने भएका हुन् । वेस्टइन्डिज पहिलो चरणको समूह बी मा थियो । पहिलो खेलमै स्कटल्यान्डसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा जिम्बावेलाई पराजित गरेपनि तेस्रो खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

सिमन्सले २०१७ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१९ को एकदिवसिय विश्वकपमा अफगानिस्तानले एक खेल पनि जित्न नसकेपछि त्यहाँबाट राजीनामा दिएका थिए । अक्टोबरमा वेस्टइन्डिजको मुख्य प्रशिक्षक पुन सम्हाल्लेका थिए । तर उनको कार्यकाल खराब रह्यो । पछिल्लो तीन वर्षमा वेस्टइन्डिजले लगातार खराब प्रदर्शन गर्दै आएको छ ।

‘म स्वीकार गर्छु । राष्ट्रलाई चोट पुर्याउने मात्र होईन गर्वको कुरा पनि हो । यो निकै निराशाजन र हृद्धय विदारक छ । हामीले प्रतियोगितामा राम्रो खेल्न सकेनौं । यसको लागि म हाम्रा समर्थक र शुभचिन्तकसँग माफी माग्न चाहन्छु’, सिमन्सले राजीनामा दिँदै भनेका छन् ।

‘खराब प्रदर्शपछि मैले घुँडा टेकेको होईन । लामो समयको विचारपछि निर्णय लिएको हु । बाहिर आउन मात्रै समय लागेको हो । अष्ट्रेलियासँगको सिरिजपछि छाड्ने निर्णय सार्वजनिक गरेको छु’, सिमन्सले भने ।

वेस्टइन्डिज २०१२ र २०१६ को च्याम्पियन टिम हो । तर त्यसपछि भने राम्रो प्रदर्शन गर्न सकेको छैन । लगातार खराब प्रदर्शन गर्दै आएको छ । टोलीमा निकोलस पुरन, रोभम्यान पावेल, जेसन होल्डर, ओडेन स्मिथ, ओबेद म्याककोय, अकिल हुसैन, एविन लेविस र काइल मेयर्स लगायतका खेलाडी रहेपनि प्रदर्शन खराब छ ।

सिमन्सलाई खेलाडीमाथि राजनीति गरेको आरोप लाग्ने गर्दछ । सिमन्ससँगै खराब सम्बन्धको कारण आक्रामक अलराउन्डर आन्द्रे रसेल टि२० विश्वकप टोलीमा थिएनन् । पहिलो खेलमै स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा वेस्टइन्डिज १ सय १८ रनमा अल आउट भएको थियो ।

दोस्रो खेलमा जिम्बावेलाई ३१ रनले पराजित गरेको थियो । तर निर्णायक खेलमा आयरल्यान्डसँग लज्जास्पद ९ विकेटको हारका साथ बाहिरियो । समूह बी बाट आरल्यान्ड र जिम्बावे सुपर १२ मा पुगेका थिए । समूह ए बाट श्रीलंका र नेदरल्यान्ड्स पुगेका थिए ।

समूह ए मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स छन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.