default_image

2 years ago

October 25, 2022

टेलर शतकबाट चुक्दा आइसिसीलाई विशाल लक्ष्य

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर क्लेयर टेलर शतकबाट चुक्दा विश्वचर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली तीन खेलाडी सम्मीलित आइसिसी यु१९ टोलीलाई १ सय ७६ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एमसिसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । एमसिसीको लागि ओपनर क्लेयर टेलरले ६६ बलमा १५ चौकासहित सर्वाधिक ९७ रनमा बोल्ड भइन् ।

उनी १९ औं ओभरको पाँचौं बलमा समाइरा धारनिधर्कको बलमा बोल्ड भएपछि शतकबाट मात्रै तीन रनले चुकेकी थिइन् ।
टेलर विश्व महिला क्रिकेट टोलीकै एक सर्वाधिक सफल ब्याटर हुन् । ४७ वर्षीय उनले १५ टेस्ट, १ सय २६ महिला ओडिआई र २७ महिला टि२० आई खेल खेलेकी छिन् ।

पहिलो विकेटका लागि टेलर र मिया रोजर्सले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दोस्रो विकेटका लागि टेलर र अमान्डा पोटगीटरले ८९ रनको साझेदारी गरेका थिए अमान्डा २६ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भइन् ।

मिया रोजर्सले २५ बलमा १ चौकासहित १६ र राहेल पोटरले ४ रन बनाईन् । आइसिसी यू-१९ को लागि कृतिका मरासिनीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिइन् । वैष्णवी महेश र समाइराले एक एक विकेट लिए ।

आइसिसीले यू१९ विश्वकप छनोटमा एसिया छेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशक १३ खेलाडी समेटेर टोली बनाएको छ । जुन टोलीले तीन खेल खेल्नेछ । नेपालबाट कृतिका, सृष्टी जैशी र आश्मा पुलामी मगर छन् ।

January 21, 2025

महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

Success

Thank you for your time.