default_image

3 years ago

October 25, 2022

आइसिसी एमसिसीसँग पराजित

262 views

0 Bookmark

एजेन्सी– ओपनर तीर्थ सतिशको उत्कृष्ट प्रदर्शनको बाबजुद विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लबले टि२० खेलमा आइसिसी यू–१९ महिला टोलीलाई १६ रनले पराजित गरेको छ । एमसिसीको यो नेपाल भ्रमणमा पहिलो जित हो ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको आइसिसी यू–१९ टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

आइसिसी यू–१९ महिलाको लागि तीर्थ सतिशले ५० बलमा १४ चौकासहित सर्वाधिक ८० रनको अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकिनन् । युएईकी ओपनर तीर्थले ठूलो इनिङ खेलेपनि झिनो हारको अन्तर भने टार्न सकिनन् । हारको बाबजुद तीर्थ नै खेलको प्लेयर अफ द म्याच चुनिन् ।

ओपनर साची धडवाल १५ बलमा ३ चौकासहित १७ रन बनाउँदै आउट भइन् । त्यो समय आइसिसीले ४.५ ओभरमा ३८ रन जोडेको थियो । दोस्रो विकेटका लागि एलिना खान र सतिशले ४७ रनको साझेदारी गरेका थिए ।

एलिना खान २२ बलमा २ चौकासहित १९ रन बनाउँदै क्याच आउट भइन् । तेस्रो विकेटका लागि युएईका दुई ब्याटर वैष्णवी महेश र थीर्थले ६५ रनको साझेदारी गरेका थिए ।

सृष्टी जैसीले ४ बलमा १ चौकासहित ५ रन बनाइन् । सामइराले ६ बलमा १ चौकासहित ६ रनमा आउट भइन् । एमसिसीको लागि रिया रावल, इसाबेल गुर्नी, राहेल पोटर र जोलेन फोस्टरले एक एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एमसिसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । एमसिसीको लागि ओपनर क्लेयर टेलरले ६६ बलमा १५ चौकासहित सर्वाधिक ९७ रनमा बोल्ड भइन् ।

उनी १९ औं ओभरको पाँचौं बलमा समाइरा धारनिधर्कको बलमा बोल्ड भएपछि शतकबाट मात्रै तीन रनले चुकेकी थिइन् । टेलर विश्व महिला क्रिकेट टोलीकै एक सर्वाधिक सफल ब्याटर हुन् । ४७ वर्षीय उनले १५ टेस्ट, १ सय २६ महिला ओडिआई र २७ महिला टि२० आई खेल खेलेकी छिन् ।

पहिलो विकेटका लागि टेलर र मिया रोजर्सले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दोस्रो विकेटका लागि टेलर र अमान्डा पोटगीटरले ८९ रनको साझेदारी गरेका थिए अमान्डा २६ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भइन् ।

मिया रोजर्सले २५ बलमा १ चौकासहित १६ र राहेल पोटरले ४ रन बनाईन् । आइसिसी यू-१९ को लागि कृतिका मरासिनीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिइन् । वैष्णवी महेश र समाइराले एक एक विकेट लिए ।

आइसिसीले यू१९ विश्वकप छनोटमा एसिया छेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशक १३ खेलाडी समेटेर टोली बनाएको छ । जुन टोलीले तीन खेल खेल्नेछ । नेपालबाट कृतिका, सृष्टी जैशी र आश्मा पुलामी मगर छन् ।

आइसिसीले भोली मिक्स्ड ११ सँग खेल्नेछ । भाइ टिकाको अर्को दिन आइसिसीले नेपाल इमर्जिङ टिम्ससँग खेल्नेछ । एमसिसी पहिलो खेलमा नेपालको मिक्स्ड एघार महिला टोलीसँग १ सय ७ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

एमसिसीले अव पोखरामा खेल्नेछ । एमसिसीले शुक्रबार पोखरामा क्यान ११ सँग खेल्नेछ । आइतबार एमसिसीले मिक्स्ड ११ र मंगलबार क्यान ११ सँग खेल्नेछ । क्यान ११ सँगको दुबै खेल ४०-४० ओभरको हुनेछ । मिक्स्डसँग २० ओभरको खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.