2 years ago
October 25, 2022
एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलियालाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।
पर्थमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।
श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौकासहित सर्वाधिक ४० रन बनाए । चरिथ असलंकाले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।
ओपनर कुशल मेन्डिस पाँच रनमै आउट भए । तीव्र गतिका बलर प्याट कमिन्सको दोस्रो ओभरको पाँचौं बलमा एज लागेर कुशल मिचेल मार्शबाट क्याच आउट भए । दोस्रो विकेटका लागि धनन्जय डि सिल्भा र निसांकाले ६९ रनको साझेदारी गरेका थिए ।
एश्टर्न अगरको बलमा डि सिल्भा लङअफमा डेविड वार्नरबाट उत्कृष्ट क्याच आउट भए । सिल्भाले २३ बलमा ३ चौका प्रहार गरे । १४ औं ओभरको तेस्रो बलमा निसांका रन आउट हुन पुगे । लगातार विकेट गुमाउनेक्रममा भानुका राजपक्षे ७ र कप्तान दाशुन शनका ५ रनमा आउट भए ।
चामिका करुणारत्नेले ७ बलमा २ चौकासहित १४ रन बनाए । अष्ट्रेलियाका जोश हेजलवुड, प्याट कमिन्स, मिचेल स्टार्क, एश्टन अगर र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।
अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । अष्ट्रेलियालाई जितको दबाब छ । श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको थियो ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]