default_image

2 years ago

October 25, 2022

स्टोइनिसको विष्फोटक ब्याटिङमा विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

81 views

0 Bookmark

एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको विष्फोटक ब्याटिङमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२२ मा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

अष्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले १८ बलमा ४ चौका र ६ छक्कासहित ५८ रनको विष्फोटक अविजित इनिङ खेले । विष्फोटक ब्याटिङ गनेक्रममा स्टोइनिसले १७ बलमै अर्धशतक हानेका थिए । कप्तान आरोन फिन्च ४२ बलमा १ छक्कासहित ३१ रनमा अविजित रहे । चौथो विकेटका लागि फिन्च र स्टोइनिसले मात्र २५ बलमा ६९ रनको साझेदारी गरे ।

अष्ट्रेलियाको सुरुवात संघर्षपूर्ण रह्यो । पहिलो पावर प्लेमा कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेन । मिचेल मार्शले आठौं ओभरको दोस्रो बलमा वानिन्दु हसरंगालाई चौका हान्दै पहिलो बाउन्ड्री प्रहार गरे ।

ओपनर डेविड वार्नर स्पिनर महेथ थिक्सनाको बलमा कप्तान दाशुन शनकाबाट ११ रनमा क्याच आउट भए । उनले १० बल खेलेका थिए ।

स्पिनर धनन्जय डि सिल्भाको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका मार्श हसरंगाबाट १८ रनमा क्याच आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । मार्श आउट भएपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले आक्रामक ब्याटङ गर्दै १२ बलमा २ चौका र २ छक्कासहित २३ रनमा क्याच आउट भए ।

त्यसपछि क्रिजमा आएका मार्कस स्टोइनिसले विष्फोटक इनिङ खेल्दै सहज जित दिलाए । सुरुवाती दुई ओभरमा तीन रन मात्र खर्चेका थेक्सनालाई स्टोइनिसले १६ औं ओभरमा तीन छक्कासहित कुल २० रन जोडेका थिए । स्टोइनिसले चौका र छक्काको वर्षा गराउँदै खेललाई सहज जित दिलाए । श्रीलंकाका स्पिनर महेश थिक्सना, धनन्जय डि सिल्भा र चामिका करुणारत्नले एक एक विकेट लिए ।

त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौकासहित सर्वाधिक ४० रन बनाए । चरिथ असलंकाले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।

ओपनर कुशल मेन्डिस पाँच रनमै आउट भए । तीव्र गतिका बलर प्याट कमिन्सको दोस्रो ओभरको पाँचौं बलमा एज लागेर कुशल मिचेल मार्शबाट क्याच आउट भए । दोस्रो विकेटका लागि धनन्जय डि सिल्भा र निसांकाले ६९ रनको साझेदारी गरेका थिए ।

एश्टर्न अगरको बलमा डि सिल्भा लङअफमा डेविड वार्नरबाट उत्कृष्ट क्याच आउट भए । सिल्भाले २३ बलमा ३ चौका प्रहार गरे । १४ औं ओभरको तेस्रो बलमा निसांका रन आउट हुन पुगे । लगातार विकेट गुमाउनेक्रममा भानुका राजपक्षे ७ र कप्तान दाशुन शनका ५ रनमा आउट भए ।

चामिका करुणारत्नेले ७ बलमा २ चौकासहित १४ रन बनाए । अष्ट्रेलियाका जोश हेजलवुड, प्याट कमिन्स, मिचेल स्टार्क, एश्टन अगर र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको थियो । सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ । श्रीलंकाले न्युजिल्यान्डसँग शनिबार खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र अष्ट्रेलियाको समान २ अंक छ । तर नेटरनरेटको कारण क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । अफगानिस्तान र आयरल्यान्ड अंक विहीन हुँदै पाँचौं र पुछारमा छन् ।

सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.