default_image

3 years ago

October 26, 2022

इंग्ल्यान्डको आक्रामक ब्याटिङको अपेक्षा

196 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा आज छिमेकी टोली आयरल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । आयरल्यान्ड इंग्ल्यान्डलाई स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । इंग्ल्यान्डले अफगानिस्तानलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । आयरल्यान्ड श्रीलंकासँग ९ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय १३ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिलो खेलमा संघर्षपूर्ण ब्याटिङ गरेपनि विष्फोटक ब्याटरले भरिपूर्ण इंग्ल्यान्ड छिमेकी टोली आयरल्यान्डविरुद्ध आक्रामक शैलीमा मैदान उत्रने अपेक्षा गरिएको छ ।

कप्तान जस बटलर र एलेक्स हेल्स ओपनर हुन् । यी दुबै ओपनरबाट विष्फोटक सुरुवात चाहन्छ । बटलर घातक बन्न सक्ने ब्याटर हुन् । त्यसपछि डेविड मलान, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन र मोईन अली हुनेछन् । मलानबाट जिम्मेवारीका साथ ठूलो इनिङ चाहन्छ ।

अन्य चार ब्याटर विष्फोटक इनिङको लागि चिनिन्छन् । साम करन र क्रिस वोक्सको कारण ब्याटिङमा गहिराई छ । स्पिनर आदिल राशिद र तीव्र गतिका बलर मार्क वुड बाहेक अन्य सबै खेलाडी राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

यता तीव्र गतिका बलरमा मार्क वुड, क्रिस वोक्स र साम करन हुनेछन् । साम करनले अफगानिस्तानविरुद्ध पाँच विकेट लिएका थिए । टि२० आईमा इंग्ल्यान्डबाट पाँच विकेट लिने पहिलो खेलाडी बनेका थिए । मार्क वुडको गतिको चाल पाउन कठिन पर्न सक्छ ।

यता आयरल्यान्डका ओपनर पउल स्टर्लिङ राम्रो लयमा छन् । वेस्टइन्डिजलाई हराउँदै सुपर १२ मा स्थान बनाउन उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । पउल र कप्तान एन्ड्रयू बालबिर्नीको सुरुवातमा आयरल्यान्डको योगफल निर्धारण हुने देखिन्छ । ह्यारी टेक्टर, लोर्कर टकर र कर्टिक क्याम्फर मध्यक्रमका ब्याटर हुन् ।

टेक्टर र क्याम्फर इंग्ल्यान्डलाई सरप्राइज दिनसक्छन् । तर तल्लोक्रम भने आयरल्यान्डको कमजोरीको रुपमा छ । तीव्र गतिका बलरमा जोशुवा लिटिल र मार्क आदिर हुनेछन् । टि२० आईमा दोस्रो पटक आयरल्यान्ड र इंग्ल्यान्ड खेल्न लागेका हुन् । सन् २०१० मा खेलेपनि वर्षाको कारण रद्द भएको थियो ।

आजको दोस्रो खेलमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ मा मेलबर्नमा हुनेछ ।

नेटरनरेटमा पनि ध्यान

इंग्ल्यान्डले जितसँगै नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । सुपर १२ को समूह ए मा न्युजिल्यान्ड १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ४.४५० छ । दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको २ अंकका साथ नेटरनरेट प्लस ०.६२० छ ।

२ खेलमा १ मा जित र १ मा हार सहित अष्ट्रेलिया चौथो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट माइनस १.५५५ छ । यी तीन मध्य दुई टोली सेमिफाइनलका प्रमुख दाबेदार हुन् । त्यसैले नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । अफगानिस्तान र आयरल्यान्ड क्रमश पाँचौं र पुछारमा छन् ।

यता सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.