default_image

2 years ago

October 26, 2022

लगातार दोस्रो जितको सोचमा न्युजिल्यान्ड

158 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलवर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । न्युजिल्यान्ड लगातार दोस्रो जितको सोचमा छ ।

पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डको मनोबल उच्च छ । यता अफगानिस्तान पहिलो खेलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियालाई हराउन न्युजिल्यान्डले ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गरेको थियो ।

अष्ट्रेलियाविरुद्ध २ सय रन बनाउन ओपनर फिन एलेनले १६ बलमा ५ चौका र ३ छक्कासहित ४२ रनको आक्रामक सुरुवात दिलाएका थिए । एलेन आक्रामक ब्याटिङका लागि चिनिन्छन् । अफगानिस्तानविरुद्ध पनि उनको भूमिका पावर प्लेको फाइदा उठाउँदै सर्वाधिक रन बनाउने हुनेछ । डेभन कन्वेले ५८ बलमा ९२ रन जोडेका थिए ।

कन्वे न्युजिल्यान्डका भरपर्दा ब्याटर हुन् । उनी राम्रो लयमा छन् । कप्तान केन विलियम्सनबाट न्युजिल्यान्ड ठूलो र आक्रामक इनिङ चाहन्छ । ग्लेन फिलिप्स, जेम्श निशम, मार्क च्यापम्यान र मिचेल सान्टनार मध्यक्रमका ब्याटर हुन् । फिलिप्स र निशम भने राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसनको जोडीले अफगानिस्तानका ब्याटरलाई निरिह बनाउन सक्छन् । स्पिनरमा मिचेल सान्टनार र ईश सोधी हुनेछन् । न्युजिल्यान्डको टिम सन्तुलन रहेको छ ।

यता अफगानिस्तान न्युजिल्यान्डलाई सरप्राइज दिन चाहन्छ । ओपनर हज्रतातुल्लाह जजाई र रहमानउल्लाह गुरबाज प्रमुख ब्याटर हुन् । गुरबाजले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । मध्यक्रमका ब्याटर इब्राहिम जद्रान, उस्मान घानी र नाजिबउल्लाह ज्रदानबाट राम्रो प्रदर्शन चाहन्छ ।

राशिद खान र मोहम्मद नाबी फिनिसर हुन् । नाबीले पछिल्ला १० इनिङमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रामण हो । राशिद खान, मुजिब उर रहमान र नाबी यी तीन स्पिनर सामु रन जोड्न न्युजिल्यान्डका ब्याटरलाई सहज भने हुने छैन ।

अफगानिस्तानको जित पनि यी तीन स्पिनरको प्रदर्शनमा धेरै निर्भर छ । न्युजिल्यान्ड र अफगानिस्तानबीच एक मात्र टि२० आई खेल भएको छ । गतवर्ष विश्वकपमा न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । उक्त खेलमा ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

पहिलो खेलको प्रदर्शन हेर्दा दुबै टोलीमा परिवर्तनको सम्भावना कम छ । पहिलो खेलमा भने इंल्यान्ड र आयरल्यान्डबीच हुँदैछ । इंग्ल्यान्डले टस जितेर पहिला फिल्डिङको निर्णय लिएको छ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ४.४५० छ । दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको २ अंकका साथ नेटरनरेट प्लस ०.६२० छ ।

२ खेलमा १ मा जित र १ मा हार सहित अष्ट्रेलिया चौथो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट माइनस १.५५५ छ । यी तीन मध्य दुई टोली सेमिफाइनलका प्रमुख दाबेदार हुन् । त्यसैले नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । अफगानिस्तान र आयरल्यान्ड क्रमश पाँचौं र पुछारमा छन् ।

यता सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.