default_image

3 years ago

October 26, 2022

कृतिकाको कसिलो बलिङमा आइसिसीलाई मध्यम लक्ष्य

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको कसिलो बलिङमा क्यान मिक्स्ड ११ महिला टोलीले आइसिसी यू१९ टोलीलाई ७४ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यान मिक्स्ड ११ महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो । मिक्स्ड ११ को लागि कप्तान अप्सरी बेगमले २१ बलमा ३ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

ओपनर राजमती ऐरीले २३ बलमा २ चौकासहित १६ रन जोडिन् । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर अस्मिता खरेल दोस्रो ओभरको पहिलो बलमै रन आउट भइन् । कन्चन कृतिकाको बलमा बोल्ड हुँदै १८ बलमा ५ रन बनाइन् । कृतिकाले सरिता मगरलाई ५ रनमा बोल्ड गरेकी थिइन् ।

विन्दा कटवाल मध्य गतिकी बलर सृष्टी जैशीको बलमा शून्यमा स्टम्पिङ हुँदा सुष्मा श्रेष्ठले १६ बल खेल्दै ४ रन बनाइन् । सबनम राइ १, खुशी डंगोल ३ र विपिशा शाहीले ४ रन जोडिन् ।

आइसिसी यू-१९ को लागि कृतिका मरासिनीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सृष्टी जैशीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् । भुटानकी खेलाडी सोनामले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् ।

समैइरा धर्नीनिधर्कले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन् । इवा सोम्सेलले एक विकेट लिइन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.