3 years ago
October 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला क्रिकेट टोलीले टि२० अभ्यास खेलमा क्यान मिक्स्ड ११ लाई १० विकेटले पराजित गरेको छ । आइसिसी यू१९ महिला टोलीको नेपाल भ्रमणमा यो पहिलो जित हो ।

जितको लागि ७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आइसिसी यू१९ टोलीले ९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
आइसिसीको जितमा ओपनर तीर्थ सतिश २६ बलमा ४ चौकासहित सर्वाधिक ३० रनमा अविजित रहिन् ।
साची धडवाल ३० बलमा ३ चौकासहित २९ रनमा अविजित रहिन् । मिक्स्ड ११ मा नेपाली महिला क्रिकेट टोलीकी हिरनमयी राय र सबनम राई लगायतका बलर रहेपनि विकेट लिन सकेनन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यान मिक्स्ड ११ महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । मिक्स्ड ११ को लागि कप्तान अप्सरी बेगमले २१ बलमा ३ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

ओपनर राजमती ऐरीले २३ बलमा २ चौकासहित १६ रन जोडिन् । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर अस्मिता खरेल दोस्रो ओभरको पहिलो बलमै रन आउट भइन् । कन्चन कृतिकाको बलमा बोल्ड हुँदै १८ बलमा ५ रन बनाइन् । कृतिकाले सरिता मगरलाई ५ रनमा बोल्ड गरेकी थिइन् ।
विन्दा कटवाल मध्य गतिकी बलर सृष्टी जैशीको बलमा शून्यमा स्टम्पिङ हुँदा सुष्मा श्रेष्ठले १६ बल खेल्दै ४ रन बनाइन् । सबनम राइ १, खुशी डंगोल ३ र विपिशा शाहीले ४ रन जोडिन् ।
आइसिसी यू(१९ को लागि कृतिका मरासिनीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सृष्टी जैशीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् । भुटानकी खेलाडी सोनामले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् । समैइरा धर्नीनिधर्कले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन् । इवा सोम्सेलले एक विकेट लिइन् ।

आइसिसी यू१९ महिला टोली पहिलो खेलमा मेरीलेबोन क्रिकेट क्लबससँग १६ रनले पराजित भएको थियो । आइसिसी यू१९ टोलीले अव अन्तिम खेल कार्तिक ११ मा नेपाल इमर्जिङ टिम्ससँग खेल्नेछ ।
आइसिसीले यू१९ विश्वकप छनोटमा एसिया छेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशक १३ खेलाडी समेटेर टोली बनाएको छ । जुन टोलीले तीन खेल खेल्नेछ । नेपालबाट कृतिका, सृष्टी जैशी र आश्मा पुलामी मगर छन् ।
एमसिसी पहिलो खेलमा नेपालको मिक्स्ड एघार महिला टोलीसँग १ सय ७ रनको फराकिलो अन्तरले पराजित भएको थियो । एमसिसीले अव पोखरामा खेल्नेछ । एमसिसीले शुक्रबार पोखरामा क्यान ११ सँग खेल्नेछ ।
आइतबार एमसिसीले मिक्स्ड ११ र मंगलबार क्यान ११ सँग खेल्नेछ । क्यान ११ सँगको दुबै खेल ४०(४० ओभरको हुनेछ । मिक्स्डसँग २० ओभरको खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]