default_image

2 years ago

October 26, 2022

अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्ध

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण आइसिसी टि२० विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुनुपर्ने खेल टस पनि हुन नपाई रद्ध भएको हो ।

खेल नेपाली समय अनुसार १: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । त्यसैले दुबै टोलीले एक एक अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण अंक बाँड्नु परेको यो दोस्रो खेल हो । यसअघि जिम्बावे र दक्षिण अफ्रिकाबीचको खेल पनि पूरा हुन नपाउँदा रद्ध भएको थियो । जसको कारण एक एक अंक बाँडेका थिए । वर्षाले प्रभावित बनेको तेस्रो खेल हो ।

वर्षाको कारण इंग्ल्यान्ड डकवर्थ लेविस पद्धतिको आधारमा आयरल्यान्डसँग ५ रनले स्तब्ध हुन पुग्यो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १४.३ ओभरमा १०५–५ को अवस्थामा खेल रोकिएको थियो । पुन खेल हुन नसकेपछि पराजित हुन पुग्यो ।

अव विहीबार तीन खेल हुनेछन् । दक्षिण अफ्रिका र बंगलादेशबीचको खेल विहान ८ : ४५ मा हुनेछ । दोस्रो खेलमा भारत र नेदरल्यान्ड्सबीच दिउँसो १२: ४५ मा सुरु हुनेछ । तेस्रो खेलमा पाकिस्तान र जिम्बावेबीच दिउँसो ४: ४५ मा खेल हुनेछ ।

अंक तालिका :

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् ।

नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

यता सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.