default_image

2 years ago

October 27, 2022

पहिलो जितको सोचमा दक्षिण अफ्रिका

94 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

दक्षिण अफ्रिका पहिलो जितको सोचमा छ । पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बावेसँग बर्षाको कारण अंक बाँड्न बाध्य भएको थियो । बंगलादेश भने दोस्रो जितको सोचमा हुनेछ । बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो । दक्षिण अफ्रिकालाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न सबै खेल जित्नुपर्ने हुन्छ ।

जिम्बावेसँग खेल रद्ध हुँदा ओपनर क्विन्टन डि कक १८ बलमा ८ चौका र १ छक्कासहित ४७ रनमा अविजित थिए । बायाँ हाते विकेटकिपर डि कक विष्फोटक ब्याटर हुन् । उनको लयले दक्षिण अफ्रिकाले सहज जित हात पार्न सक्छ । कप्तान टेम्बा बभुमाको प्रदर्शन भने कमजोर छ । उनलाई उत्कृष्ट सुरुवात दिलाउनु पर्ने आवश्यक छ । सुस्त शैलीमा खेल्ने बभुमा आफैं दबाबमा छन् ।

राइली रोसोउ, एडेन माक्ररम, डेविड मिलर, ट्रिस्टन स्टब्स मध्यक्रम र फिनिसर हुन् । राइली रोसोउ राम्रो लयमा छन् । अघिल्लो महिना उनले भारतविरुद्ध शतक हानेका थिए । मिलर विपक्षी बलरलाई किलर बन्दै आएका छन् । लगातार विष्फोटक ब्याटिङ गर्दै आएका मिलरको लय रोक्न बंगलादेशलाई मुख्य चुनौती हुनेछ । बंगलादेशविरुद्ध नै मिलरले टि२० आईमा ३५ बलमा शतक हानेका थिए ।

युवा ब्याटर स्टब्स फिनिसर हुनेछन् । तीव्र गतिका बलरमा वेन पार्नेल, कागिसो रबाडा र एनरिच नोर्किया रहनेछन् । स्पिनरमा केशव महाराज हुनेछन् ।

यता बंगलादेशको ब्याटिङ कमजोरीको रुपमा छ । कप्तान सकिब अल हसन प्रमुख ब्याटर हुन् । उनको प्रदर्शनमा धेरै निर्भर रहँदै आएको छ । ओपनर लिटन दास, सौम्य सरकार र नाज्मुल शान्टो शीर्ष तीन ब्याटर हुन् । यी तीन ब्याटरबाट बंगलादेश राम्रो सुरुवात चाहन्छ । युवा खेलाडी अफिफ हुसैन फिनिसर हुन् ।

यता तस्किन अहमदले राम्रो प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिका बलर अहमदले नेदरल्यान्ड्सलाई हराउन चार विकेट लिएका थिए । उनलाई मुश्ताफिजुर रहमानले साथ दिनेछन् । रहमान बंगलादेशका प्रमुख बलर हुन् । उनी अफ कटर बलका लागि चिनिन्छन् । हसन मोहम्मद स्पिनरको रुपमा खेल्नेछन् । उनलाई स्पिन आक्रामणमा सकिबले साथ दिनेछन् ।

आज विश्वकपमा तीन खेल हुनेछन् । दोस्रो खेलमा भारत र नेदरल्यान्ड्सबीच दिउँसो १२: ४५ मा सुरुहुनेछ । दिउँसो ४ : ४५ मा पाकिस्तान र जिम्बावेले खेल्नेछन् ।
हेड टु हेड :

दक्षिण अफ्रिका र बंगलादेशबीच कुल ७ टि२० आई खेल भएका छन् । सबै खेलमा दक्षिण अफ्रिका विजयी भएका छन् ।

अंक तालिका :

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् ।

नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

यता सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.