2 years ago
October 27, 2022
एजेन्सी – दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याटर राइली रोसोउले आइसिसी टि२० विश्वकपमा बंगलादेशविरुद्ध ऐतिहासिक शतक हानेका छन् ।
सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले १७ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ । दक्षिण अफ्रिका राइली रोसोउ ५३ बलमा ७ चौका र ८ छक्कासहित १ सय ६ रनमा अविजित छन् ।
उनले ५२ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो शतक हाने । उनी दक्षिण अफ्रिकाबाट टि२० आई विश्वकपमा शतक हान्ने पहिलो खेलाडी हुन् ।
क्विन्टन डि कक ३८ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए । दोस्रो विकेटका लागि डि कक र रोसोउले १ सय ६३ रनको साझेदारी गरे । विश्वकप इतिहासमा यो कुनैपनि विकेटका लागि भएको दोस्रो उच्च साझेदारी हो ।
यसअघि टि२० विश्वकपमा २०१० मा श्रीलंकाका कुमार संगाकारा र महेला जयवर्धनेले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए । जुन उच्च रहँदै आएको छ ।
तीव्र गतिका बलर तस्किन अहमदको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्बा बभुमा २ रनमा क्याच आउट भए । अफिफ हुसैनको १५ औं ओभरको तेस्रो बलमा ठूलो सटको चक्करमा डि कक लङअफमा सौम्य सरकारबाट क्याच आउट भए ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]