default_image

2 years ago

October 27, 2022

रोसोउको शतकमा दक्षिण अफ्रिकाको विशाल योगफल

182 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर राइली रोसोउको शतकमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई २ सय ६ रनको विशाल लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।

दक्षिण अफ्रिकका लागि राइली रोसोउले ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । उनले ५२ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो शतक हाने । उनी दक्षिण अफ्रिकाबाट टि२० आई विश्वकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

ओपनर तथा विकेटकिपर क्विन्टन डि कक ३८ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए । दोस्रो विकेटका लागि डि कक र रोसोउले १ सय ६३ रनको साझेदारी गरे । विश्वकप इतिहासमा यो दोस्रो उच्च साझेदारी हो । यसअघि टि२० विश्वकपमा २०१० मा श्रीलंकाका कुमार संगाकारा र महेला जयवर्धनेले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर तस्किन अहमदको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्बा बभुमा २ रनमा क्याच आउट भए । अफिफ हुसैनको १५ औं ओभरको तेस्रो बलमा ठूलो सटको चक्करमा डि कक लङअफमा सौम्य सरकारबाट क्याच आउट भए । डि कक आउट भएपछि रनको गती घटेको थियो ।

ट्रिस्टन स्टब्स सकिब अल हसनको बलमा ठूलो सटको चक्करमा डिप मिडविकेटमा ७ रनमा क्याच आउट भए । शतकधारी रोसोउ सकिबको १९ औं ओभरको तेस्रो बलमा कभरमा लिटन दासबाट क्याच आउट भए । एडेन माक्ररम १० र डेविड मिलरले २ रन बनाए ।

बंगलादेशका स्पिनर सकिब अल हसनले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक एक विकेट लिए । दक्षिण अफ्रिकाले अन्तिम चार ओभरमा ठूलो सटको खेल्ने धुनमा तीन विकेट गुमाउँदै मात्रै ३० रन जोड्न सक्यो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.