default_image

3 years ago

October 27, 2022

रोसोउ टि२० मा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी

249 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याटर राइली रोसोउ टि२० आईमा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । रोसोउले आइसिसी टि२० विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो टेस्ट टोलीको खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन् ।

रोसोउले बंगलादेशविरुद्ध ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । उनी दक्षिण अफ्रिकाबाट विश्वकपमा शतक हान्ने पहिलो खेलाडी हुन् ।

उनले यसअघि गत अक्टोबर पहिलो साता भारतविरुद्ध १ सय रनको अविजित शतकीय इनिङ खेलेका थिए । विश्वकपमा जिम्बावेसँगको खेल वर्षाको कारण रद्ध हुँदा उनले ब्याटिङको अवसर पाएका थिएनन् ।

फ्रान्सका गुस्ताव म्याककिओन टि२० आईमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी हुन् । गुस्तावले गत जुलाईमा स्वीजरल्यान्डविरुद्ध १ सय ९ र नर्वेविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेल्दै दुर्लभ कीर्तिमान बनाएका थिए ।

रोसोउको शतकमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २ सय ६ रनको विशाल लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनायो । त्यस्तै ओपनर तथा विकेटकिपर क्विन्टन डि कक ३८ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए ।

दोस्रो विकेटका लागि डि कक र रोसोउले १ सय ६३ रनको साझेदारी गरे । विश्वकप इतिहासमा यो दोस्रो उच्च साझेदारी हो । यसअघि टि२० विश्वकपमा २०१० मा श्रीलंकाका कुमार संगाकारा र महेला जयवर्धनेले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए ।

यो पनि : लगातार दोस्रो शतक हान्दै फ्रान्सका १८ वर्षीय युवाको दुर्लभ कीर्तिमान

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]

June 14, 2025

मधेशलाई टिबी शाह यु १६ क्रिकेट उपाधि

सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको‌ कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले‌ १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]

Success

Thank you for your time.