3 years ago
July 29, 2022
एजेन्सी – फ्रान्सका १८ वर्षीय गुस्ताव म्याकिओनले टि२० आई क्रिकेटमा लगातार दोस्रो शतक हान्दै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप क्षेत्र छनोट बी मा गुस्तावले स्विट्जरल्यान्ड र नर्वेविरुद्ध टि२० आईमा शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् ।

विश्वका स्टार खेलाडीले बनाउन नसकेको कीर्तिमान उनले बनाएका हुन् । उनी टि२० आईमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी समेत हुन् ।
पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध ६१ बलमा ५ चौका र ९ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेल्दै सबैभन्दा कान्छा खेलाडी बनेका थिए । तर फ्रान्स १ विकेटले पराजित भएको थियो । उने नर्वेविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेल्दै टि२० आईमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने । शतक र तीन विकेटको सहयोगमा फ्रान्स ११ रनले विजयी भएको थियो ।
गुस्तावले १८ वर्ष २ सय ८० दिनमा शतक हान्दै टि२० आईका कान्छा शतकधारी बनेका थिए । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाईले २० वर्ष ३ सय ३७ दिनमा शतक हानेको कीर्तिमान रोदेका थिए । गुस्तावले ३ टि२० आईमा दुई शतक र एक अर्धशतकसहित २ सय ८६ रन बनाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]