default_image

2 years ago

October 27, 2022

तीन अर्धशतकमा नेदरल्यान्ड्सलाई भारतको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – विराट कोहली सहित तीन ब्याटरको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्सलाई १ सय ८० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । भारतका लागि विराट कोहलीले ४४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक […]

90 views

0 Bookmark

एजेन्सी – विराट कोहली सहित तीन ब्याटरको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्सलाई १ सय ८० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

भारतका लागि विराट कोहलीले ४४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे । कोहलीले जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक हो । कोहलीले पाकिस्तानविरुद्ध ८२ रनको इनिङ खेल्दै ४ विकेटको जित दिलाएका थिए । कप्तान रोहित शर्मा ३९ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

तीव्र गतिका बलर पाउल भान माक्रेनले ओपनर लोकेश राहुललाई ९ रनमा एलबीडब्लू आउट गरे । राहुलले १२ बलमा एक चौका हाने । दोस्रो विकेटका लागि कोहली र रोहितले ७३ रनको साझेदारी गरेका थिए ।

रोहित फर्द क्लासेनको बलमा डिप मिडविकेटमा क्याच आउट हुन पुगे । रोहितले पाँचौं ओभरको अन्तिम बलमा ब्यक्तिगत १३ रनमा जीवनदान पाएका थिए । फर्द क्लासेनको बलमा प्रिन्गलले क्याच ड्रप गरेका थिए ।

त्यस्तै सूर्यकुमार यादवले २५ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहे । तेस्रो विकेटका लागि विराट र सूर्यले ४८ बलमा ९५ रनको साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका बलरले सुरुवात देखिनै भारतीय ब्याटरलाई खुलेर खेल्न दिएनन् । नेदरल्यान्ड्सका पाउल भान मार्केन र फर्द क्लासेनले एक एक विकेट लिए ।

April 30, 2024

मुम्बईविरुद्ध लखनऊको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो । मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो । अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो […]

April 30, 2024

विलियमसनको कप्तानीमा न्युजिल्याण्डको टोली घोषणा 

काठमाडौँ (हाम्रो खेलकुद) – अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा न्युजिल्याण्डले वेस्ट इन्डिज र अमेरिकामा हुने आगामी आइसीसी टि-२० विश्वकपका लागि आफ्नो स्क्वाड सार्वजनिक गरेको छ । न्युजिल्याण्डले अनुभवी टोली समीकरण बनाउँदै १५-सदस्सिय टोली सार्वजनिक गरेको हो । अनुभवी टोलीमा विलियमसन सहित फास्ट बलिङ द्वय टिम साउदी र ट्रेन्ट बोल्ट समावेश छन् । यो विलियम्सनको लागि […]

April 30, 2024

उपाधि रक्षाको लक्ष्यसहित इंग्ल्याण्डको टोली सार्वजनिक 

काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता इंग्ल्याण्डले उपाधि रक्षाको लक्ष्यका साथि आगामी आइसीसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । दुई पटकको विजेता इंग्ल्याण्डले कप्तान जोस बटलरको कप्तानीमा १५ सदस्सिय टोली सार्वजनिक गरेको हो । धेरै समय मैदान बाहिर समय बिताएका तीब्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा समावेश गरिएको छ । उनले एक वर्षभन्दा […]

Success

Thank you for your time.