default_image

2 years ago

October 27, 2022

लगातार दोस्रो जितसँगै भारत शीर्ष स्थानमा

92 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्समाथि ५७ रनको फराकिलो जित हात पारेको छ । यो जितसँगै भारत सुपर १२ को समूह बी मा ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । नेदरल्यान्ड्सका टिम प्रिन्गलले १५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाए ।

ओपनर विक्रमजित सिंह एक, म्याक्स ओडाउड र बास डि लिडेले १६–१६ रन बनाउँदै आउट भए । म्याक्स ओडाउडले १० बलमा ३ चौका हाने । कोलिन एकरम्यान २१ बलमा १ चौकासहित १७, कप्तान स्कर्ट एडवार्ड्स ५, टम कपुर ९ र लोगन भान विकले ३ रन जोडे । तल्लोक्रमका शरिज अहमदले १० बलमा २ चौकासहित १५ रनमा अविजित रहे । पउल भान मार्केनले ६ बलमा ३ चौकासहित १४ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ४४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे ।

कोहलीले जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक हो । कोहलीले पाकिस्तानविरुद्ध ८२ रनको इनिङ खेल्दै ४ विकेटको जित दिलाएका थिए । कप्तान रोहित शर्मा ३९ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

तीव्र गतिका बलर पाउल भान माक्रेनले ओपनर लोकेश राहुललाई ९ रनमा एलबीडब्लू आउट गरे । राहुलले १२ बलमा एक चौका हाने । दोस्रो विकेटका लागि कोहली र रोहितले ७३ रनको साझेदारी गरेका थिए ।

रोहित फर्द क्लासेनको बलमा डिप मिडविकेटमा क्याच आउट हुन पुगे । रोहितले पाँचौं ओभरको अन्तिम बलमा ब्यक्तिगत १३ रनमा जीवनदान पाएका थिए । फर्द क्लासेनको बलमा प्रिन्गलले क्याच ड्रप गरेका थिए ।

त्यस्तै सूर्यकुमार यादवले २५ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहे । तेस्रो विकेटका लागि विराट र सूर्यले ४८ बलमा ९५ रनको साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका बलरले सुरुवात देखिनै भारतीय ब्याटरलाई खुलेर खेल्न दिएनन् । नेदरल्यान्ड्सका पाउल भान मार्केन र फर्द क्लासेनले एक एक विकेट लिए ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । भारतले अव आइतबार दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकालाई हराउँदा सेमिफाइनल लगभग पक्कापक्की बन्नेछ । नेदरल्यान्ड्स पहिलो खेलमा बंगलादेशसँग ९ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले अव आइतबार पाकिस्तानसँग खेल्नेछ ।

अंक तालिका :

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् । नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

बंगलादेश २ खेलमा १ मा जित र १ मा हार र १ मा जित सहित तेस्रो स्थानमा छ । जिम्बावे एक अंकका साथ चौथो, पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.