2 years ago
October 27, 2022
एजेन्सी – विश्वको सर्वाधिक धनी क्रिकेट बोर्ड द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्ना महिला र पुरुष क्रिकेटर दुबैलाई समान म्याच फि दिने भएको छ ।
बिसिसिआईको बोर्ड बैठकलले बिहीबार समान म्याच फि दिने निर्णय गरेको हो । अवदेखि महिला क्रिकेटरले टेस्टमा १५ लाख भारु ( २४ लाख नेपाली रुपैयाँ) म्याच फि पाउने छन् । त्यस्तै ओडिआई खेलमा झण्डै ६ लाख भारु ( झण्डै ९ लाख ५० हजार रुपैयाँ) पाउने भएका छन् ।
त्यस्तै टि२० आई खेलमा ३ लाख भारु (झण्डै ४ लाख ८० हजार रुपैयाँ) पाउने छन् । भारत न्युजिल्यान्डपछि समान म्याच फि दिने दोस्रो देश हो । बिसिसिआईको सम्झौतामा रहने प्लस ए ग्रेडका खेलाडीले वार्षिक ७ करोड भारु, ए ग्रेडका खेलाडीले ५ करोड भारु, बी ग्रेडका खेलाडीले ३ करोड भारु र सी ग्रेडमा रहनेलाडीले १ करोड भारु पाउँदै आएका छन् ।
महिलातर्फ बिसिसिआईको सम्झौतामा रहने ए ग्रेडका खेलाडीले वार्षिक ५० लाख भारु, बी गेडका खेलाडीले ३० लाख भारु र सी ग्रेडका खेलाडीले १० लाख भारु पाउने गर्दछन् ।
कति छ नेपालमा खेलाडीको तलब र म्याच फि ?
नेपालमा भने ओडिआई खेल्ने पुरुष खेलाडीले १० हजार र महिला खेलाडीले पाँच हजार पाउने गर्दछन् । महिला टोलीले ओडिआई मान्यता भने पाएको छैन । त्यसैले महिला टोलीमा यो लागु हुँदैन । टि२० आई खेलमा पुरुष खेलाडीले ५ हजार र महिला खेलाडीले तीन हजार प्राप्त गर्दै आएका छन् ।
पुरुष तर्फ ए ग्रेडका खेलाडीले मासिक ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फ ए ग्रेडका खेलाडीको मासिक २१ हजार, बी ग्रेडका खेलाडीले १८ हजार र सी ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने गर्दछन् ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]