3 years ago
October 27, 2022
एजेन्सी – नाटकीय रुपमा विकेट पतन भएसँगै जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानलाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।

जिम्बावेका सेन विलियम्सले २८ बलमा ३ चौकासहित सर्वाधिक ३१ रन बनाए । एक समय जिम्बावे १३.४ ओभरमा ९५–३ को बलियो अवस्थामा थियो ।
तर बाँकी ६ बलमा कुनै रन जोड्न नसक्दा मध्यक्रमका प्रमुख चार ब्याटर गुमाएपछि संकटमा परेको थियो । स्पिनर शादब खानको १४ औं ओभरको पाँचौं बलमा स्वीप खेल्ने धुनमा सेन विलियम्स बोल्ड हुन पुगे । लगत्तै अर्को बलमा बाबर आजमले फष्ट सिलिपमा रेजिस चकभाको क्याच एक हातले उत्कृष्ट क्याच लिँदै पेभिलिएन फर्काए ।
तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले १५ औं ओभरको सुरुवाती दुई बल डट राखे । राजा दबाबमा तेस्रो बलमा डीप स्क्वायर लेगमा हरिस रौफबाट ९ रनमा क्याच आउट भए । उनले १६ बलमा १ चौका हाने ।

लगत्तै अर्को बलमा ल्यूक जाेंगवेलाई जुनियरले बोल्ड गर्दै ह्याट्रिक नजिक पुगेका थिए । त्यसपछि भने लगातार दुई वाइड फ्याँलेका थिए । मध्यक्रममा चार विकेट गुमाउँदा कुनै पनि रन जोड्न सकेन ।
जिम्बावेले सुरुवात भने राम्रो गरेको थियो । वेस्ली मधेवेरे र कप्तान क्रेग एर्विनले पहिलो विकेटका लागि ५ ओभरमा ४२ रन जोड्दै राम्रो सुरुवात दिलाए । हरिस रौफको बलमा एर्विन मोहम्मद वासिमबाट १९ रनमा क्याच भए ।
उनले १९ बलमा २ चौका प्रहार गरे । मधेवेरे १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । रयान बर्ल १० र ब्राड इभान्सले १९ रन बनाए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शादब खानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]