default_image

2 years ago

October 28, 2022

गर वा मरको अवस्थामा उपाधि दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलिया

133 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

दुबै टोलीलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यस खेल जित्नै पर्ने दबाब छ । आज पराजित हुने टोलीको सेमिफाइनल यात्रा कठिन बन्नेछ । इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । तर वर्षाको कारण आयरल्यान्डसँग इंग्ल्यान्ड पाँच रनले डकवर्थ लेविस पद्धतिको आधारमा स्तब्ध भएपछि बाँकी सबै खेल जित्नु पर्ने दबाब बढेको हो ।

यता अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले स्तब्ध भएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको थियो । यस खेल बाहेक इंग्ल्यान्डले अव न्युजिल्यान्ड र श्रीलंकासँग खेल्न बाँकी छ । अष्ट्रेलियाले अव आयरल्यान्ड र अफगानिस्तानसँग खेल्न बाँकी छ । सेमिफाइनल खेल्न तीनै खेल जित्नु पर्ने हुन्छ ।

यदि पराजित हुँदा न्युजिल्यान्डमा भर पर्छ । न्युजिल्यान्डले अव इंग्ल्यान्ड, श्रीलंका र आयरल्यान्डसँग खेल्न बाँकी छ । आज पराजित हुने टोली सेमिफाइनलमा पुग्न न्युजिल्यान्डले कम्तिमा दुई खेल हारेको हुनुपर्छ ।

अष्ट्रेलिया शीर्षक्रम ब्याटिङ चल्न सकेको छैन । ओपनर डेविड वार्नर र फिन्च दुबैको प्रदर्शन राम्रो छैन । यी दुई ब्याटरबाट राम्रो प्रदर्शन चाहन्छ । मिचेल मार्श र ग्लेन म्याक्सवेलको लय पनि राम्रो छैन । केहि दबाबमा रहनेछन् । ठूलो खेलमा उनीहरुबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको छ ।

मार्कस स्टोइनिसले श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हानेका थिए । उनको लय घातक बन्न सक्छ । टिम डेविड र म्याथ्यु वेड फिनिसरको रुपमा रहनेछन् । म्याथ्यु वेडलाई कोभिड देखिएको छ । यदि उनी फिट नभएमा अष्ट्रेलिया टोलीमा व्याकअप विकेटकिपर भने छैन ।

अष्ट्रेलियाले प्याट कमिन्सको स्थानमा क्यामरन ग्रीनलाई मौका दिनसक्छ । कमिन्सले राम्रो बलिङ गर्न सकेका छैनन् । त्यसैले ग्रीन राम्रो विकल्प बन्न सक्छन् । जोश हेजलवुड र मिचेल स्टार्क प्रमुख हतियार हुन् ।

यता इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स र जस बटलरले पनि सुरुवाती खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनीबाट राम्रो सुरुवात चाहन्छ । डेविड मलान र बेन स्टोक्सले जिम्मेवारी इनिङ खेल्नु पर्ने हुन्छ । त्यसपछि लियाम लिभिङस्टोन, मोईन अली र साम करन हुनेछन् । इंल्यान्डको तीव्र गतिको बलरमा मार्क वुड, क्रिस वोक्स र साम करन हुनेछन् ।

दुबै टोलीको ब्याटिङमा गहिराई, आक्रामक र विश्वस्तरिय ब्याटर छन् । तीव्र गतिको बलिङ आक्रामण दुबैको उत्कृष्ट छ । दुबै टोलीलाई जित्नै पर्ने दबाब हुँदा खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

हेड टु हेड :

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच टि२० आईमा कुल २३ खेल भएका छन् । जसमा इंग्ल्यान्ड ११ र अष्ट्रेलिया १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा इंग्ल्यान्ड तीन खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ । एक खेलमा नतिजा विहीन छ ।

अंक तालिका :

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् । नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.