default_image

2 years ago

October 28, 2022

लुम्बिनीको कप्तानी देवले गर्ने, सौरभ टोलीमै परेनन्

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले आक्रामक ब्याटर सौरभ खनाललाई बाहिर राख्दै युवा ब्याटर देव खनालको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

कप्तान र उपकप्तान दुबै परिवर्तन गरेको लुम्बिनीले सौरभलाई बाहिर राख्दा युवा खेलाडीलाई मौका दिएको छ । सौरभलाई फिटनेश र ५० ओभरको खेलको कारण बाहिर राखेको लुम्बिनीले जनाएको छ । कृष्ण कार्कीलाई कप्तानबाट हटाउँदै देवलाई कप्तानको जिम्मेवारी दिएको हो ।

देवको कप्तानीमा लुम्बिनीले गतवर्ष यू१९ राष्ट्रिय प्रतियोगिता जित्नुको साथै नेपालले यू-१९ एसिया कप खेलेको थियो । नेपालका ओपनर समेत रहेका देवले लुम्बिनी सिनियर टोली पहिलो पटक सम्हाल्लेका हुन् । त्यस्तै अलराउन्डर बसिर अहमदलाई पनि लुम्बिनीले उपकप्तान जिम्मेवारी दिएको छ ।

यू-१९ राष्ट्रिय प्रतियोगिता जित्दाका ११ खेलाडी ( देव, बसिर, प्रज्ज्वल थापा, नरेश नेपाली, सुनिल भण्डारी, आकाश त्रिपाठी, मोहम्मद हुसेन, विशाल विक्रम केसी, तुल बहादुर थापा, दुर्गेश गुप्ता र अभिषेक गौतम) छन् ।

मोहम्मद हुसेन र दुर्गेशको जोडी टोलीमा फर्किएको छ । यी दुई तीव्र गतिका बलर गुप्ता र हुसेनको जोडीको उच्च प्रदर्शनमा लुम्बिनीले उपाधि जितेको थियो । बायाँ हाते बलर हुसैन स्वींगका लागि चिनिन्छन् ।

लुम्बिनीको अनुभवी खेलाडीमा कृष्ण कार्की र सन्दीप रजाली छन् । लुम्बिनीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दा टोलीमा व्यापक परिवर्तन गरेको छ ।

प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म काठमाडौंमा हुनेछ । लुम्बिनी प्रदेश समूह बी मा छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् । समूह ए मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेश छन् ।

लुम्बिनीले पहिलो खेल कार्तिक १६ मा लुम्बिनीसँग मुलपानीमा खेल्दै सुरुवात गर्नेछ । लुम्बिनीले दोस्रो खेल कार्तिक १७ मा पुलिससँग टियु मैदानमा खेल्नेछ । लुम्बिनीले कार्तिक १९ मा मुलपानीमा मधेश प्रदेशसँग खेल्नेछ ।

कार्तिक २० मा टियुमा प्रदेश १ सँग खेल्नेछ । लुम्बिनीले पाँच दिनमा चार खेल खेल्नु पर्ने हुन्छ । लुम्बिनीको युवा टोलीलाई एकदिवसिय खेल्न पक्कै सहज भने हुने छैन । लुम्बिनीको लक्ष्य कम्तिमा सेमिफाइनल हुनेछ ।

लुम्बिनीको टोली :

देव खनाल (कप्तान), बसिर अहमद (उप–कप्तान), प्रज्ज्वल थापा, आकाश त्रिपाठी, मोहम्मद हुसेन, सन्दीप रजाली, विशाल विक्रम केसी, तुलबहादुर थापा, कृष्ण कार्की, दुर्गेश गुप्ता, सुनिल भण्डारी, अनिल खरेल, नरेश नेपाली, अभिषेक गौतम ।

वैकल्पिक खेलाडी : विराट भण्डारी, रोहन केसी, सुमित नेवार र निर्मल गुरुङ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.