default_image

2 years ago

October 28, 2022

आइसिसीको नेपाली टोलीलाई बलियो लक्ष्य

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यु१९ महिला टोलीले अन्तिम टि२० खेलमा नेपाली खेलाडी सम्मिलित क्यान मिक्स्ड ११ लाई १ सय ७१ रनको बलियो विजयी लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आइसिसी यू१९ टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनायो । आइसिसीको लागि ओपनर साची धडवालले ३७ बलमा ७ चौकासहित सर्वाधिक ४५ रन बनाइन् ।

सुरुवाती दुई खेलमा अवसर नपाएकी आश्मा पुलामी मगरलाई आइसिसीले आज ओपनरको रुपमा मैदान उतारेको थियो । आश्माले १८ बलमा ३ चौकासहित १६ रन बनाइन् । पहिलो विकेटका लागि साचीसँग ५.२ ओभरमा ३६ रनको साझेदारी गरेकी थिइन् ।

एलिना खान ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भइन् । सृष्टी जैशी ११ बलमा २ चौकासहित १४ रनमा आउट भइन् । तीर्थ सतिश २१ बलमा ६ चौकासहित ३७ रनमा अविजित रहिन् ।

क्यान मिक्स्ड ११ को लागि कप्तान अप्सरी बेगमले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । संगिता राई र खुशी डंगोलले एक एक विकेट लिए ।

आइसिसीले यू१९ एसिया विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशका १३ खेलाडी समेटेर टोली बनाएको छ । नेपालको कप्तान कृतिका मरासिनी, सृष्टी जैशी र आश्मा पुलामी मगर छन् ।

आइसिसी पहिलो खेलमा मेरिलेबोन क्रिकेट क्लबसँग १६ रनले पराजित भएको थियो । दोस्रो खेलमा टियुमा मिक्स्ड ११ लाई १० विकेटले हराएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.