default_image

2 years ago

October 28, 2022

अफगानिस्तान र आयरल्यान्डबीचको खेल पनि रद्ध

96 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा शुक्रबार पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल वर्षाको कारण रद्ध भएको छ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु पर्ने थियो ।

तर वर्षाको कारण टस पनि हुन नसक्दा १-१ अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । जिम्बावे र दक्षिण अफ्रिकाबीचको खेल रद्ध भएको थियो । त्यस्तै न्युजिल्यान्ड र अफगानिस्तानबीच खेल पनि रद्ध भएको थियो । वर्षाको कारण नै उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्ड आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले पराजित भएको थियो ।

आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्यान्डबीच दिउँसो १ : ४५ मा मेलबर्नमा सुरु हुनेछ । दुबै टोलीलाई जितको दबाब छ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित ३ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ५.४५० छ ।

आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ ।

अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाड्दै पाँचौं स्थानमा छ । अष्ट्रेलिया २ खेलमा १ मा जित र १ मा हारसहित पुछारमा स्थानमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.