default_image

2 years ago

October 28, 2022

दीपेन्द्रको कप्तानीमा उपाधि दाबेदार पुलिसको बलियो टोली घोषणा

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य बलियो टोली घोषणा गरेको छ ।

नेपाली क्रिकेट टोलीका खेलाडीको बाहुल्यता रहेको टोलीमा अमित श्रेष्ठ टोलीमा फर्किएका छन् । दुई महिना अघि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फ क्रिकेटको स्वर्ण जित्दा अमृत टोलीमा थिएनन् ।

पुलिसको टोलीमा दीपेन्द्र, आरिफ शेख, करण केसी, सागर ढकाल, कुशल भुर्तेल लगायतका स्टार खेलाडी छन् । कागजी रुपमा पुलिस उपाधिको बलियो दाबेदार टोली हो । पुलिसको टोलीमा ब्याटिङमा गहिराई हुनुको साथै बलिङमा सन्तुलन छ ।

पुलिस समूह बी मा छ । समूह बी मा पुलिस, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन् । समूह ए मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

पुलिसले पहिलो खेल कार्तिक १३ मा मुलपानीमा बागमतीसँग खेल्दै सुरुवात गर्नेछ । कार्तिक १४ मा पुलिसले मुलपानीमै प्रदेश १ सँग खेल्नेछ । त्यसपछि पुलिसले बाँकी दुई खेल टियुमा खेल्नेछ । कार्तिक १७ मा लुम्बिनी र कार्तिक २२ मा मधेश प्रदेशसँग खेल्नेछ । सेमिफाइनल कार्तिक २४ र फाइनल कार्तिक २६ मा हुनेछ । पुलिसको लक्ष्य उपाधि नै हुनेछ ।

पुलिसको टोली :

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख (उपकप्तान), कुशल भुर्तेल, दीलिप नाथ (विकेटकिपर), अमित श्रेष्ठ, शंकर राना, सुनिल धमला, सागर ढकाल, ललित राजवंशी, योगेन्द्रसिंह कार्की, राशिद खान, पवन सरार्फ, करण केसी र गुल्शन झा ।

प्रशिक्षक – मनोज कटुवाल

व्यवस्थापक – चित्रबहादुर विष्ट

सहायक प्रशिक्षक – मञ्जित श्रेष्ठ

January 21, 2025

महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

Success

Thank you for your time.