default_image

2 years ago

October 29, 2022

यस्तो छ पाकिस्तान सेमिफाइनलमा पुग्ने समिकरण

150 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा पाकिस्तानले सुरुवाती दुई खेल गुमाएपछि सेमिफाइनल समिकरण कठिन बनेको छ । पाकिस्तान भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएपछि सोझै सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको हो ।

तर पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने त्यतिनै छ । त्यसको लागि पाकिस्तानले पहिला बाँकी तीनै खेल जित्नु पर्ने हुन्छ । त्यसपछि पाकिस्तानले भारतको साथ लिनु पर्ने हुन्छ । पाकिस्तान ६ अंकका साथ सेमिफाइनल खेल्ने आशामा छ । तर पाकिस्तानले सबै खेल जितेर मात्रै हुँदैन । भारत र दक्षिण अफ्रिकाको नतिजा पनि आफू अनुकूल आउनु पर्छ ।

यसरी सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान

पाकिस्तान सेमिफाइनलमा पुग्न बाँकी तीनै खेल जित्नुपर्छ । जसले गर्दा पाकिस्तानको ६ अंक हुनेछ । पाकिस्तानले अव आइतबार नेदरल्यान्ड्स, बिहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ । एक खेलमा पराजित वा अंक बाँड्दा भने पाकिस्तान बाहिरिनु पर्छ । तर यी तीन खेल जितेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजा पनि आफु अनुकूल आउनुपर्छ ।

पाकिस्तान सेमिफाइनलमा पुग्न आफुसँगै भारतले बाँकी तीनै खेल जित्नु पर्छ । भारतले आइतबार दक्षिण अफ्रिका, बुधबार बंगलादेश र आइतबार जिम्बावेसँग खेल्नेछ । पाकिस्तान र भारतले बाँकी तीनै खेल जित्दा अन्य टोली ६ अंकमा पुग्न सक्दैनन् । भारत १० अंक र पाकिस्तान ६ अंकका साथ सेमिफाइनल खेल्न सक्छन् ।

बंगलादेशले अव भारत, पाकिस्तान र जिम्बावेसँग खेल्न बाँकी छ । बंगलादेशको हाल २ खेलमा २ अंक छ । यो हुँदा बंगलादेशले जिम्बावेलाई हराउँदा पाकिस्तानलाई अझ फाइदा हुनेछ । भारत र पाकिस्तानसँग पराजित हुँदा र जिम्बावेलाई हराउँदा बंगलादेशको ४ अंक मात्रै हुनेछ ।

दक्षिण अफ्रिकाको २ खेलमा ३ अंक छ । यदि भारत र पाकिस्तानसँग पराजित भएमा दक्षिण अफ्रिका ५ अंकमै रोकिन सक्छ । किनभने दक्षिण अफ्रिकाले भारत, पाकिस्तान र नेदरल्यान्ड्सँग खेल्न बाँकी छ । नेदरल्यान्ड्स तुलनात्मक रुपमा कमजोर टोली हुँदा जित पक्कापक्की छ ।

त्यसैले पाकिस्तान सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकाले भारत र पाकिस्तान दुबैसँग हार्नुपर्ने हुन्छ । यदि दक्षिण अफ्रिकाले भारतलाई हराए वा अंक बाँडेपनि पाकिस्तान बाहिरिनेछ । किनभने दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ५.२०० छ । सोझो अर्थमा पाकिस्तान सेमिफाइनलमा पुग्न भारत र पाकिस्तान दुबैले दक्षिण अफ्रिकालाई हराउनै पर्छ । वा दक्षिण अफ्रिकाले तीन मध्य दुई खेल हार्नैपर्ने हुन्छ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित ३ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.