3 years ago
October 29, 2022
एजेन्सी – नवौं विकेटका लागि नेरी थापा र अस्मिना कर्माचार्यले उत्कृष्ट साझेदारी गरेपछि नेपाली महिला क्रिकेट टोलीका खेलाडी सम्मिलित क्यान ११ ले विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई २ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालामा जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेरी थापाले ४८ बलमा ३ चौकासहित सर्वाधिक ३३ रनमा अविजित रहँदै जित पक्का गरिन् । नेरी नै खेलको प्लेयर अफ द म्याच चुनिन् ।
सुरुवाती तीन ब्याटर काजल श्रेष्ठ, इन्दु बर्मा र सीता रानामगरले खाता खोल्न नसकी आउट भए । सुमन खतिवडा ८ र सम्झना खड्का १ रनमा आउट भइन् । सुमनले २१ बलमा १ चौका प्रहार गरिन् । रुविना क्षेत्रीले ३४ बलमा १३, कविता जोशी २ र कविता कुँवर १६ रनमा आउट भइन् । कविताले १४ बलमा ३ चौका हानिन् ।
एक समय २० ओभरमा ५७-८ को अवस्थामा पुगेको नेपाली टोलीलाई नवौं विकेटका लागि अस्मिना कर्माचार्य र नेरी थापाले ५८ रनको साझेदारी गरेका थिए । अस्मिनाले ४८ बलमा १ चौकासहित १८ रनमा अविजित रहिन् । एमसिसीको लागि रिया रावल र राहेल पोटरले दुई दुई विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको एमसिसीले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । एमसिसीको लागि ओपनर क्लेयर टेलरले ५२ बलमा १ चौकासहित २० रन बनाइन् । भने अर्की ओपनर जेनी किल्जिंगरले ५६ बलमा २ चौकासहित २१, अबी १० र अमान्डाले १६ रन बनाइन् ।
क्यान ११ को लागि कप्तान रुविना क्षेत्रीले ८ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिइन् । नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिए ।
एमसिसी पहिलो खेलमा नेपालको मिक्स्ड ११ सँग १ सय ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा एमसिसीले आइसिसी यू१९ टोलीलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा क्यान ११ सँग १९ रनले पराजित भएको थियो । एमसिसीले अन्तिम खेल अव मंगलबार खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]