2 years ago
October 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर दीपेश कंडेल प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को टोली बाहिर भएका छन् । प्रदेश १ ले सिद्धान्त लोहनीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने १४ सदस्य टोली घोषणा गर्दा लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दीपेश नै टोलीमै छैनन् ।
दीपेश स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् । पछिल्लो समय प्रदेश १ का खेलाडीको घरेलु प्रदर्शन हेर्दा पनि दीपेशको नाम अग्र स्थानमा आउँछ । तर दीपेश नै टोलीमा छैनन् । गत डिसेम्बरमा दीपेशले नेपालबाट यू१९ टोलीको प्रतिनिधित्व गरि सकेका छन् । त्यस्तै अर्का बायाँ हाते तीव्र गतिका बलर कमल खत्री र ब्याटर सन्दीप ढुंगना पनि टोलीमा छैनन् । कमल राम्रो सम्भावना बोकेका युवा बलर हुन् ।
प्रदेश १ का छनोटकर्ता सुमेश शाहले उनी शुक्रबार फिटनेश प्रक्षिणमा नआएको कारण टोलीमा नपरेको बताए । ‘प्रदेशले हामीलाई पठाएको चिठ्ठीमा ११ गतेको फिटनेश प्रशिक्षणमा अनिवार्यरुपमा आउनेलाई छनोट गर्नु भनेको थियो । त्यहिँ आधारमा दीपेश नपरेको हो’, छनोटकर्ता शाहले भने ।
खेलाडीहरुलाई दिउँसो ४ बजे सम्म पर्खेको शाह बताउँछन् । ‘बिहान ११ बजेदेखि ४ बजे सम्म मैदानमा पर्खेका थियौं । उनी आउन नसक्ने भएपछि प्रदेशलाई फोन गर्ने हो । सम्बन्धित जिल्लाले भनेपछि अलिकित फेरबदल गर्न सकिन्थ्यो । हामीले बाबरम्बार सोध्यौं । नआएकोलाई नराख्नु भनेपछि नराखेको हो’, उनले भने ।
यता दीपेशले जानकारी दिएको बताउँछन् । मै’ले सबै जानकारी दिएको थिए । ११ गते क्याम्प राखेको थियो । मेरो घर सुर्खेत हुँदा घर आएको थिए । १० गते भाइटिकाको दिन हिँड्ने कुरा भएन । ११ गते निस्केपनि १२ गते पुग्थे म । २४-२५ घण्टा लाग्छ । पछि मेरो नाम नै देखिन । तिहारमा त घर आउनै पर्यो’, दीपेशले भने ।
प्रदेश १ समूह बी मा छ । प्रदेश १, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेश छन् । कागजी रुपमा समूह बी मा प्रदेश १ सबैभन्दा कमजोर टोली देखिन्छ । समूह ए मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।
प्रदेश १ ले पहिलो खेल कातिर्क १४ मा पुलिसँग मुलपानीमा खेल्दै सुरुवात गर्नेछ । कार्तिक १५ मा टियुमा बागमतीसँग खेल्नेछ । कार्तिक १७ मा मधेशसँग मुलपानी र कार्तिक २० मा लुम्बिनीसँग टियुमा खेल्नेछ । सेमिफाइनल कार्तिक २४ र फाइनल कार्तिक २६ मा हुनेछ ।
प्रदेश १ को टोली : सिद्धान्त लोहनी, विशाल आचार्य, श्रवण यादव, दिपक राज जोशी, मिनश थापा, निरज मुखिया, अंकित सुवेदी, सुजन थपलिया, सोनु मण्डल, सोनु अन्सारी, विवेक मेहता, फिर्दोस अन्सारी, हेमन राई र लभ कामत ।
प्रशिक्षक – लाक्पा लामा
व्यवस्थापक – अजय राजवंशी
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]