default_image

2 years ago

October 29, 2022

शरदको कप्तानीमा एपिएफको टोली घोषणा

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी शरद भेषवाकरको कप्तानीमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा भने एपिएफमा पुरानै खेलाडी छन् । तीव्र गतिका बलर अभिनाश बोहरा हाल अष्ट्रेलियामा हुँदा एपिएफको टोलीमा छैनन् ।

एपिएफ समूह ए मा छ । एपिएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश समूह ए मा छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश र प्रदेश नम्बर १ छन् ।

एपिएफले पहिलो खेल आइतबार आर्मीसँग खेल्दै सुरुवात गर्नेछ । खेल टियुमा हुनेछ । एपिएफले कार्तिक १५ मा मुलपानीमा सुदूरपश्चिमसँग खेल्नेछ । कार्तिक १८ मा एपिएफले गण्डकीसँग खेल्नेछ । कार्तिक १९ मा कर्णालीसँग टियुमा खेल्नेछ ।

एपिएफको टोली :

शरद भेषवाकर (कप्तान), प्रदीप ऐरी, आसिफ शेख, पुरन विक, सन्दीप जोरा, सुमित महर्जन, आयुस्मान बम, भुवन कार्की, अमरसिंह राउटेला, कमलसिंह ऐरी, किशोर महतो, लोकेश बम, दीपक बोहरा र मौसम ढकाल ।
प्रशिक्षकः राजेश श्रेष्ठ

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.