default_image

2 years ago

October 30, 2022

नेदरल्यान्ड्समाथि फराकिलो जित निकाल्ले सोचमा पाकिस्तान

240 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा पर्थमा सुरुहुनेछ ।

पहिलो खेलमा भारतसँग ४ विकेट र जिम्बावेसँग १ रनले स्तब्ध भएको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना बाँकी राख्न सबै खेल जित्नुपर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य टोलीको नतिजासँगै नेटरनरेटमा भरपर्नेछ ।

पाकिस्तानलाई सेमिफाइनलमा पुग्ने आशा कायमै राख्न नेदरल्यान्ड्समाथि फराकिलो जित निकाल्नु बाहेक अन्य कुनै विकल्प छैन । पाकिस्तानले अव नेदरल्यान्ड्स, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । जसमा सबै खेल जित्नुपर्छ ।

उता भारतले दक्षिण अफ्रिका, जिम्बावे र बंगलादेशसँग खेल्न बाँकी छ । भारत र पाकिस्तान दुबैले बाँकी सबै खेल जितेको खण्डमा पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । भारतले कम्तिमा दक्षिण अफ्रिकालाई हराउँनै पर्छ । दक्षिण अफ्रिका र भारतबीच आज खेल हुँदैछ ।

पाकिस्तानले बलिङमा सानदार प्रदर्शन गरेको छ । ब्याटिङ सुधार गर्नुपर्छ । पाकिस्तानका प्रमुख ब्याटर मोहम्मद रिजवान र बाबर आजम सुरुवाती दुबै खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । त्यसैको कारण पाकिस्तानले खराब प्रदर्शन गरेको छ । जिम्बावेविरुद्ध १ सय ३१ बनाउन नसक्नुमा यी दुई ब्याटर नचल्नु प्रमुख कारण हो ।

पाकिस्तान लामो समयदेखि यी दुई ब्याटरमा निर्भर छ । मध्यक्रम पाकिस्तानको सबैभन्दा ठूलो कमजोरी हो । त्यसैले यी दुई ब्याटरले उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । अन्यथा पाकिस्तान नेदरल्यान्ड्सँग स्तब्ध हुन सक्छ ।

हैदर अलीको स्थानमा फखार जमान वा आसिफ अली मध्य एकलाई मौका दिनसक्छ । सुरुवाती दुई खेलमा खराब प्रदर्शन गरेका हैदर बेन्चमा बस्ने सम्भावना उच्च छ । स्पिनर मोहम्मद नवाज र शादब खानबाट ठूलो इनिङ चाहन्छ । जिम्बावेलाई सस्तैमा अल आउट गर्न मोहम्मद वासिम जुनियरले चार विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस रौफ र मोहम्मद वासिम जुनियर छन् । चोटबाट फर्किएका अफ्रिदी दुबै खेलमा विकेट विहीन छन् । उनीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । अन्य तीन बलरले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

यता नेदरल्यान्ड्स पाकिस्तानको कमजोर मध्यक्रमको फाइदा उठाउँदै स्तब्ध पार्ने सोचमा हुनेछ । तीव्र गतिका बलर फर्द क्लासेन, पाउल भान मार्केन र बास डि लिडेको जोडी पाकिस्तानलाई निराश बनाउन सक्छ । स्पिनर टिम प्रिन्गल र शरिज अहमद मध्यक्रमका बलर हुन् ।

कप्तान स्कट एडवार्ड्स, विक्रमजित सिंह, म्याक्स ओडाउड, बास डि लिडे, टम कपुर र कोलिन एकरम्यान नेदरल्यान्ड्सका ब्याटर हुन् । म्याक्स ओडाउड र एकरम्यान पाकिस्तानका बलरलाई टाउको दुखाईको ब्याटर बन्न सक्छन् ।


नेदरल्यान्ड्सले पाकिस्तानसँग सन् २००९ को विश्वकप पछि पहिलो पटक खेल्न लागेको हो । उक्त विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८२ रनले पराजित गरेको थियो ।

आजको पहिलो खेलमा जिम्बावे र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ मा द गाब्बा ब्रिसबेनमा हुनेछ । दिउँसो ४: ४५ मा भारत र दक्षिण अफ्रिकाबीच पर्थमा प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.