default_image

2 years ago

October 30, 2022

भारतको हातमा पाकिस्तानको भविष्य

200 views

0 Bookmark

एजेन्सी – सुरुवाती दुई खेलमा पराजित भएपछि आइसिसी टि२० विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न भारतमा निर्भर हुनुपर्ने भएको छ । भारत र पाकिस्तान दुबै देशले आज खेल खेल्दैछन् । पाकिस्तानले दिउँसो १२ः ४५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । भारतले आज दिउँसो ४ः ४५ मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको थियो । पाकिस्तानले अव दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । पाकिस्तान सबै खेलमा विजयी हुँदा ६ अंक हुनेछ । तर आफ्नो जितले मात्रै सेमिफाइनलमा पुग्न सक्दैन । भारतको नतिजा र नेटरनरेटमा निर्भर हुनुपर्ने भएको छ ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान र दक्षिण अफ्रिका सेमिफाइनलका प्रमुख दाबेदार हुन् । भारत सुरुवाती दुई खेलमा विजयी हुँदै ४ अंकका साथ शीर्षस्थानमा छ । भारत सबै खेलमा विजयी हुँदा १० अंक हुन्छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा रद्ध हुँदै ३ अंक जोड्दै दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले भारत, पाकिस्तानसँग हार्दा र नेदरल्यान्ड्सलाई हराउँदा ५ अंक मात्र हुनेछ ।

त्यसैले पाकिस्तान सेमिफाइनलमा पुग्न भारतले दक्षिण अफ्रिकालाई हराउनै पर्ने समिकरण छ । किनभने दक्षिण अफ्रिकाले आज भारतलाई हराउँदा पाकिस्तानसँग हार्दा पनि सेमिफाइनल खेल्ने सम्भावना बलियो बन्नेछ । दक्षिण अफ्रिकाको भारतलाई हराउँदा ५ अंक हुन्छ ।

त्यसपछि पाकिस्तान र नेदरल्यान्ड्सँग खेल्नेछ । पाकिस्तानसँग हारेपनि नेदरल्यान्ड्सलाई हराउने पक्कापक्का पक्की छ । वर्षाको कारण एक खेल रद्ध हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने उच्च सम्भावना छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ५.२०० छ ।

त्यसैले ६ अंकका साथ सेमिफाइनल खेल्ने सम्भावना कायमै राख्न त्यसैले भारतले दक्षिण अफ्रिकालाई हराउनु पर्छ । भारतले दक्षिण अफ्रिका मात्र होईन बंगलादेश र जिम्बावेलाई पनि हराउनु पर्छ । यदि पाकिस्तान र भारत बाँकी तीन तीन खेलमा विजयी हुँदा अन्य टोली ६ अंक भन्दामाथि जान सक्दैनन् ।

६ अंक जिम्बावेको सम्भावना छ । बंगलादेशले जिम्बावेलाई हराउँदा पाकिस्तानलाई थप सहज हुनेछ । जिम्बावेले बंगलादेशसँग खेलि रहँदा नेदरल्यान्ड्स र भारतसँग खेल्न बाँकी छ । त्यसैले भारतको हातमा पाकिस्तानको भविष्य अडिएको देखिन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.