default_image

2 years ago

October 30, 2022

जिम्बावेमाथि बंगलादेशको रोमान्चक जित

82 views

0 Bookmark

एजेन्सी – बंगलादेशले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।

जिम्बावेका लागि अनुभवी ब्याटर सेन विलियम्सले ४२ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए । रयान बर्लले २५ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।

रेजिस चकभा १५, वेस्ली मेधरेवे ४, क्रेग इर्विन र मिल्टन सुब्बा ८–८ रनमा आउट भए । सिकन्दर राजा शून्यमा आउट भए ।
बंगलादेशका तस्किन अहमदले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । मासाद्देक हसनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ५५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

सौम्य सरकार शून्य, लिटन दास १५, सकिब अल हसन २३ र अफिफ हुसैनले २९ रन जोडे । जिम्बावेका ब्लेसिङ मुर्जाबानीले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । रिचर्ड न्गरावले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सिकन्दर राजा र सेन विलियम्सले एक एक विकेट लिए ।

जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण रद्ध हुँदा अंक बाँडेको थियो । जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको थियो । जिम्बावेले अव बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्नेछ ।

बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो । बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तासँग खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.