default_image

2 years ago

October 30, 2022

कप्तान दीपेन्द्रको सानदार शतकमा पुलिसको विशाल योगफल

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ९० रनको विशाल लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८९ रन बनायो । पुलिसका कप्तान दीपेन्द्रले ८२ बलमा ११ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले ।

दीपेन्द्रले ७७ बलमा आफ्नो शतक पूरा गरेका थिए । दीपेन्द्रलाई तीव्र गतिका बलर नन्दन यादवले ४८ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । त्यसअघिको बलमा दीपेन्द्रले उनलाई छक्का हानेका थिए ।

चौथो विकेटका लागि दीपेन्द्र र आरिफ शेखले १ सय ३६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याए । आरिफले ६८ बलमा १ चौका र १ छक्कासहित ३६ रन बनाए ।

ओपनर सुनिल धमला २३ बलमा ५ चौका र १ छक्कासहित ३७ रन जोड्दै राम्रो सुरुवात दिलाए । कुशल भुर्तेल ७२ बलमा ४ चौकासहित ३७ रनमा आउट भए ।

दीलिप नाथ १२ र पवन सरार्फ १५ रनमा अविजित रहे । बागमतीका नन्दन यादवले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए । रामनरेश गिरीले १० ओभरमा ६३ रन खर्चेर १ विकेट लिए ।

स्पिनर सूर्य तामाङले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर १ विकेट लिए । सोनु देवकोटाले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.