default_image

2 years ago

October 30, 2022

प्रदीप र सन्दीपको अर्धशतकमा आर्मीलाई प्रतिस्पर्धात्मक लक्ष्य

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदीप ऐरी र मध्यक्रमका युवा ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । एपिएफको लागि प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

प्रदीपले ब्यक्तिगत ३४ रनमा जीवनदान पाएका थिए । स्पिनर शाहब आलमको १५ औं ओभरको पाँचौं बलमा लङअनमा विक्रम सोबले ३४ रनमा क्याच छाडेका थिए । प्रदीप २७ औं ओभरको चौथो बलमा कभरमा चौका हान्नेक्रममा भीम सार्कीबाट क्याच आउट भए ।

सन्दीप जोरा ६२ बलमा ६ चौकासहित ५० रनमा आउट भए । आसिफ शेख ९, लोकेश बम शून्य र सुमित महर्जन ७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रम सोबले छैटौं ओभरको पहिलो र दोस्रो बलमा लोकेश र आसिफलाई आउट गरेका थिए ।

त्यसपछि आएका भुवन कार्कीले ३६ बलमा ४ चौकासहित २६ रनमा आउट भए । शरद भेषवाकर १६, अमरसिंह राउटेला १०, कमलसिंह ऐरी ३ र मौसम ढकालले १२ रन बनाए । मौसमले ६ बलमा १ चौका र १ छक्का हाने ।

आर्मीका विक्रम सोबले ७.४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । साहब आलमले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ३० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया र सुशान भारीले एक एक रनमा आउट भए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.