default_image

2 years ago

October 30, 2022

शादबको उत्कृष्ट बलिङमा पाकिस्तानलाई नेदरल्यान्ड्सको सामान्य लक्ष्य

90 views

0 Bookmark

एजेन्सी – स्पिनर शादब खानको उत्कृष्ट बलिङसँगै नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकपमा पाकिस्तानलाई ९२ रनको सामान्य लक्ष्य दिएको छ ।


पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए ।

कप्तान स्कर्ट एडवार्ड्सले २० बलमा १ चौकासहित १५ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर हरिस रौफको बलमा आँखा मुनीको भागमा चोट लागेपछि बास डि लिड ६ रनमा रिटार्ट भए ।

उनको स्थानमा नेदरल्यान्ड्सले लोगन भान बिकलाई खेलाएको थियो । बिकले ६ रन बनाए । ओपनर स्टेफन माइबर्ग ६, म्याक्स ओडाउड ८, टम कपुर १, रोलेफ भान मर्वे र टिम प्रिंन्गलले ५–५ रन बनाए ।

पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम जुनियरले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । हरिस रौफ र नसिम शाहले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.