2 years ago
October 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको शतकसहित उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा ९७ रनमा अल आउट भयो । बागमतीको लागि ओपनर ईशान पाण्डेले ४७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए ।
रामनरेश गिरीले २३ बलमा २ छक्कासहित २२, सोनु देवकोटा २, सूर्य तामाङ ७, नन्दन यादव १०, कप्तान ज्ञानेन्द्र मल्ल ४, रित गौतम र दुर्गेश थापाले एक एक रन बनाए । प्रतिश जि.सीले १४ बलमा २ छक्कासहित १४ रन बनाए ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए । करण केसीले ६ ओभरमा २ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । गुलशन झा र सागर ढकालले दुई दुई विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको थियो । पुलिसका कप्तान दीपेन्द्रले ८२ बलमा ११ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले ।
दीपेन्द्रले ७७ बलमा आफ्नो शतक पूरा गरेका थिए । दीपेन्द्रलाई तीव्र गतिका बलर नन्दन यादवले ४८ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । त्यसअघिको बलमा दीपेन्द्रले उनलाई छक्का हानेका थिए ।
चौथो विकेटका लागि दीपेन्द्र र आरिफ शेखले १ सय ३६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याए । आरिफले ६८ बलमा १ चौका र १ छक्कासहित ३६ रन बनाए ।
ओपनर सुनिल धमला २३ बलमा ५ चौका र १ छक्कासहित ३७ रन जोड्दै राम्रो सुरुवात दिलाए । कुशल भुर्तेल ७२ बलमा ४ चौकासहित ३७ रनमा आउट भए ।
दीलिप नाथ १२ र पवन सरार्फ १५ रनमा अविजित रहे । बागमतीका नन्दन यादवले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए । रामनरेश गिरीले १० ओभरमा ६३ रन खर्चेर १ विकेट लिए ।
स्पिनर सूर्य तामाङले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर १ विकेट लिए । सोनु देवकोटाले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए । पुलिसले सोमबार प्रदेश १ सँग मुलपानीमा नै खेल्नेछ । बागमतीले मंगलबार लुम्बिनीसँग खेल्नेछ ।
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो । मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका […]