default_image

3 years ago

October 30, 2022

विश्वकपमा पाकिस्तानको पहिलो जित

253 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । पहिलो जितसँगै पाकिस्तानले विश्वकपमा सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३९ बलमा ५ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

बाबर आजम ४, फकार जमान २०, शन मसुद १२, इफ्तिखार अहमद ६ र शादब खानले ४ रन बनाए । नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभर २.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । पाउल भान मार्किनले एक विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए ।

कप्तान स्कर्ट एडवार्ड्सले २० बलमा १ चौकासहित १५ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर हरिस रौफको बलमा आँखा मुनीको भागमा चोट लागेपछि बास डि लिड ६ रनमा रिटार्ट भए ।

उनको स्थानमा नेदरल्यान्ड्सले लोगन भान बिकलाई खेलाएको थियो । बिकले ६ रन बनाए । ओपनर स्टेफन माइबर्ग ६, म्याक्स ओडाउड ८, टम कपुर १, रोलेफ भान मर्वे र टिम प्रिंन्गलले ५–५ रन बनाए ।

पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम जुनियरले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । हरिस रौफ र नसिम शाहले एक एक विकेट लिए ।

पाकिस्तान पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा जिम्बावेसँग एक रनले स्तब्ध भएको थियो । पाकिस्तानले अव बिहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ । यी सबै खेल पाकिस्तानले जित्नुपर्छ । त्यस्तै भारतले आज दक्षिण अफ्रिकासँग खेल्दैछ । त्यसपछि बुधबार बंगलादेश र आइतबार जिम्बावेसँग खेल्नेछ । भारतले पनि यी सबै खेल जित्दा पाकिस्तान सेमिफाइनलमा पुग्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.