2 years ago
October 30, 2022
एजेन्सी – तीव्र गतिका बलर लुन्गी एनगिडीको घातक बलिङमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा भारतविरुद्ध सानदार सुरुवात गरेको छ ।
पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती ९ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । भारतका सूर्यकुमार यादव ८ र दीनेश कार्तिक १ रनमा क्रिजमा छन् ।
पाँचौं ओभरमा तीव्र गतिका बलर लुन्गि एनगिडीले दुबै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाए । पाँचौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा १५ रनमा कट एण्ड बोल्ड आउट भए ।
रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा अर्का ओपनर लोकेश राहुल एज लागेर फस्ट स्लिपमा एडेन माक्ररमबाट ९ रनमा क्याच आउट भए । उनले १४ बलमा १ छक्का हाने ।
एनगिडीको बलमा विराट कोहली सातौं ओभरको पाँचौं बलमा १२ रनमा कागिसो रबाडाबाट क्याच गराए । कोहली बाउन्सर बलमा आउट भएका थिए । कोहलीले ११ बलमा २ चौका हाने ।
एनरिच नोर्कियाले दीपक हुडालाई क्विन्टन डि ककबाट शून्यमा आउट भए । एनगिडीले नै हार्दिक पान्ड्यालाई २ रनमा क्याच गराएपछि भारत ८.५ ओभरमा ४९–५ को अवस्थामा पुगेको हो ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]