default_image

2 years ago

October 30, 2022

दक्षिण अफ्रिकासँग भारतको लज्जास्पद ब्याटिङ

98 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलरले सानदार प्रदर्शन गरेपछि भारतले आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकालाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ ।

पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । भारतका सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । सूर्यको यो विश्वकपमा लगातार दोस्रो अर्धशतक हो ।

सूर्यले यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सूर्य बाहेक अन्य कुनैपनि भारतीय ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर लुन्गि एनगिडीले पाँचौं ओभरमा भारतका दुबै ओपनर लोकेश राहुल र रोहित शर्मालाई पेभेलिएन फर्काउँदै सानदार सुरुवात दिलाए । पाँचौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा १५ रनमा कट एण्ड बोल्ड आउट भए । रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यो समय भारतले २३ रन बोर्डमा जोडेको थियो ।

अन्तिम बलमा अर्का ओपनर लोकेश राहुल एज लागेर फस्ट स्लिपमा एडेन माक्ररमबाट ९ रनमा क्याच आउट भए । उनले १४ बलमा १ छक्का हाने । राहुलले आफ्नो खराब लयलाई अन्त्य गर्न सकेनन् ।

सातौं ओभरको पाँचौं बलमा एनगिडीले भारतका प्रमुख ब्याटर विराट कोहलीलाई १२ रनमा कागिसो रबाडाबाट क्याच गराएपछि भारत समस्यामा परेको थियो । कोहली बाउन्सर बलमा फाइन लेगमा क्याच आउट हुन पुगेका थिए ।

कोहलीले ११ बल खेल्दै २ चौका प्रहार गरे । तीव्र गतिका बलर एनरिच नोर्कियाले दीपक हुडालाई क्विन्टन डि ककबाट शून्यमा क्याच गराए । एनगिडीले नै हार्दिक पान्ड्यालाई २ रनमा क्याच गराएपछि भारत ८.५ ओभरमा ४९–५ को अवस्थामा पुगेको हो । हार्दिक सर्ट बलमा फाइन लेगमा रबाडाबाट क्याच आउट भए ।

दीनेश कार्तिक १५ बल खेल्दै ६ रनमा आउट भए । रविचन्द्रन आश्विनले ११ बल खेल्दै ७ रन जोडे । दक्षिण अफ्रिकाका लुन्गि एनगिडीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.