default_image

2 years ago

October 30, 2022

भारतले दक्षिण अफ्रिकासँग हार्नुको पाँच कारण

103 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा भारत दक्षिण अफ्रिकासँग पाँच विकेटले पराजित हुन पुग्यो । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिका जितमा एडेन माक्ररमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रन बनाए । डेविड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनमा अविजित रहँदै खेल सकाए । भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । भारतका सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लुन्गि एनगिडीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।

टस भारतले जितेको थियो । तर खेल दक्षिण अफ्रिकाले जित्यो । भारतले पहिला ब्याटिङ गर्ने निर्णय आफैंलाई भारी पर्यो । भारतले दक्षिण अफ्रिकासँग हार्नुको पाँच कारण यस प्रकार छन् ।

५.एनगिडीको सानदार बलिङ

भारतलाई हराउन तीव्र गतिका बलर लुन्गि एनगिडीले सानदार बलिङ गरे । एनगिडीको बलिङ सामू सूर्य बाहेक अन्य भारतीय ब्याटर निरिह जस्तै बने । एनगिडीले पाँचौं ओभरमा रोहित र राहुल दुबैलाई आउट गर्दै दक्षिण अफ्रिकालाई सानदार सुरुवात दिलाए ।

एनगिडीले कोहलीलाई पनि आउट गरे । रोहित, राहुल र कोहली भारतका प्रमुख ब्याटर हुन् । प्रमुख तीन ब्याटर पहिलो साता ओभर भित्रमा आउट हुन्छन् भने कुनैपनि टोली दबाबमा पर्दछ । त्यो दबाबको फाइदा अन्य बलरले राम्रो उठाए । नवौं ओभरको तेस्रो बलमा एनगिडीले हार्दिकलाई पनि आउट गरे ।

पाँच मध्य चार ब्याटर एकै बलरको बलिङमा सुरुवातमै आउट भएपछि कुनै पनि टोली दबाबमा पर्छ र ठूलो योगफल बनाउन सक्दैन । भारतलाई हराउन एनगिडीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

एनगिडीले सानदार सुरुवात दिलाएको हुँदा अन्य वेन पार्नेल र एनरिच नोर्कियाले पनि राम्रो फाइदा उठाए । एनगिडीको बलिङ भारतको हारको एक प्रमुख कारण बन्न पुग्यो ।

४. ११ औैं ओभरमा मोमेन्ट फेरिनु

ड्रिङ्स ब्रेक दक्षिण अफ्रिकाको लागि फाइदा बन्यो । सामान्य लक्ष्य पाएपनि भारतका अर्शदीप सिंहले क्विन्टन डि ककलाई एक र राईली रोसोउलाई शून्यमा आउट गर्दै सानदार सुरुवात दिलाए ।

दक्षिण अफ्रिकाले पहिलो १० ओभरमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो । जितको लागि ६० बलमा ९४ रनको आवश्यक परेको थियो । पर्थको पिचमा अन्तिम १० ओभरमा झण्डै एक सय रन बनाउन सहज हुँदैन ।

यो समय दुबै टोलीलाई एउटा मोमेन्ट चाहिँएको थियो । भारतलाई मिलर र माक्ररमको विकेट चाहिँएको थियो । दक्षिण अफ्रिका एउटा ठूलो ओभरको पर्खाईमा थियो । जसले पुरै खेलको मोमेन्ट फेर्न सक्थ्यो । ११ औं ओभर दक्षिण अफ्रिकाले चाँहे जस्तो भयो । हार्दिक पान्ड्यालाई ११ औं ओभरमा १६ रन प्रहार गरेपछि दुबै ब्याटरले आफ्नो खेल्ने गती परिवर्तन गरेका थिए ।

१० ओभर सम्म मिलरले १५ बलमा मात्रै ५ र माक्ररम २५ बलमा २३ रनमा खेलेका थिए । तर ११ ओभरपछि दुबै ब्याटरले खेल्ने गति फेरे । बाँकी ४ ओभरमा ४५ रन जोड्दै खेल पुरै आफ्नो पक्षमा पारेका थिए । ११ औं ओभर हारको टर्निङ प्वाइन्टमा पर्दछ ।

३. मिलर र माक्ररमको साझेदारी तोड्न नसक्नु

भारतको हारको मुख्य कारण नै मिलर र माक्ररमको साझेदारी तोड्न नसक्नु हो । एक समय दक्षिण अफ्रिका ५.४ ओभरमा २४–३ को अवस्थामा थियो । त्यसपछि ब्याटरको रुपमा मिलर, माक्ररम र ट्रिस्टन स्टब्स थिए । स्टब्स युवा हिटर हुन् । विश्वकप, भारतीय बलिङ आक्रामण र दबाबमा सम्हालिन कठिन पर्ने थियो ।

माक्ररम र मिलर आउट हुँदा दक्षिण अफ्रिकालाई उक्त लक्ष्य भारी पर्न सक्थ्यो । तर मिलर र माक्ररमले आफ्नो लय र अनुभवको फाइदा उठाउँदै चौथो विकेटका लागि ६० बलमा ७६ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

त्यो समय दक्षिण अफ्रिकालाई एउटा राम्रो साझेदारी चाहिँएको थियो । त्यो माक्ररम र मिलरले पूरा गरे । त्यो साझेदारी समयमै तोड्न सकेको भए दबाब झन् बढ्ने थियो । नयाँ ब्याटरलाई खेल्न सहज हुने थिएन । स्टब्सपछि ब्याटर नहुँदा भारतले जित्न सक्थ्यो ।

२. कमजोर फिल्डिङ

भारतको हारको अर्को कारण कमजोर फिल्डिङ पर्दछ । क्रिकेटमा एउटा सानो गल्तीले पुरै जित र हार फेरिने गर्दछ । भारतले फिल्डिङमा केहि राम्रो अवसर गुमायो । भारतको फिल्डिङ कमजोर रह्यो ।

स्पिनर रविचन्द्रन आश्विनको १२ औं ओभरको पाँचौं बलमा माक्ररमको ३५ रनमा विराट कोहलीले डिप मिडविकेटमा सहज क्याच छाड्न पुगेका थिए । जुन भारतको हारको एउटा टर्निङ प्वाइन्ट थियो ।

त्यसअघिको ओभरमा रन आउट गर्ने अवसर आएपनि सूर्य चुकेका थिए । १३ औं ओभरको पाँचौं बलमा कप्तान रोहित शर्मा रन आउट गर्नबाट चुकेका थिए । कमजोर फिल्डिङ हारको कारण बन्यो ।

१.खराब ब्याटिङ

दक्षिण अफ्रिकाविरुद्ध भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनैपनि टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय सधैं बलियो योगफल बनाउन लिन्छ । तर भारतीय ब्याटरको प्रदर्शन अपेक्षा अनुसार रहेन ।

सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाए । लोकेश राहुल ९, रोहित शर्मा १५, विराट कोहली १२, दीपक हुडा शून्य, हार्दिक पान्ड्या २ र दीनेश कार्तिक ६ रन बनाए ।

एउटा मात्र ब्याटर चलेर ठूलो योगफल बन्न सक्दैन । आजको खेलमा भारतीय ब्याटरको खराब प्रदर्शन हारको मुख्य कारण हो । भारत ८ ब्याटिङ विकल्पका साथ मैदान उत्रेको थियो । जसमा ६ प्रमुख ब्याटर थिए । ६ मध्य तीन खेलाडी चलेको मात्रै भए पनि फरक नतिजा आउन सक्थ्यो । तर प्रमुख ब्याटरले नै खराब प्रदर्शन गरे । जुन हारको कारण बन्यो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.