default_image

1 year ago

October 31, 2022

ललितको घातक बलिङमा प्रदेश एकको नाटकीय पतन

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको घातक बलिङसँगै प्रदेश एक ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३५.१ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकले राम्रो सुरुवात गरेपनि ललितनारायण […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको घातक बलिङसँगै प्रदेश एक ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३५.१ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकले राम्रो सुरुवात गरेपनि ललितनारायण राजवंशीले घातक बलिङ गरेपछि नाटकीय रुपमा पतन भएपछि सस्तैमा अल आउट भएको हो ।

पहिलो विकेटका लागि ओपनर निरज मुखिया र अंकित सुवेदीले ११.१ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अन्तिम ४६ रन जोड्न प्रदेश एकले आफ्ना सबै विकेट गुमाएको थियो ।

ललितले निरजलाई २९ रनमा बोल्ड गर्दै पुलिसलाई पहिलो सफलता दिलाए । उनले ३७ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर अंकितले ३५ बलमा ४ चौकासहित २४ रन बनाए ।

त्यसपछि विकेट पतन नाटकीय रुपमा भयो । सुजन थपलिया शून्य, मिनाश थापा ४, सोनु अन्सारी ६, कप्तान सिद्धान्त लोहनी शून्य, फिर्दोस अन्सारी र श्रवण यादव ९–९ रनमा आउट भए । विवेक आनन्द मेहताले ४६ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।

पुलिसका ललितनारायण राजवंशीले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । राशिद खानले एक एक विकेट लिए ।

April 20, 2024

दिल्लीमाथि हैदरावादको सानदार जित

एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

Success

Thank you for your time.